नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भएकोमा सांसदको आपत्ति  « Khabarhub

 नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भएकोमा सांसदको आपत्ति 


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांसदहरूले नागरिकता विधेयकमा प्रमाणीकरणमा ढिलाइ भएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आइतबारको विशेष समयमा उनीहरूले कुनै पनि बहानामा नागरिकता विधेयकमा प्रमाणीकरणमा ढिलाइ गर्न नहुने समेत बताएका छन् ।

बैठकमा सांसद लीलादेवी सिटौलाले राष्ट्रपतिजस्तो गरिमामय पदमा बसेका व्यक्तिले सरकारले पठाएको विधेयक प्रमाणीकरण गर्न ढिलाइ गर्न नहुने बताइन् । उनले धेरै नागरिक नागरिकताविहीन भएर आत्महत्या समेत गर्न बाध्य हुने अवस्था आए पनि शीर्ष नेताहरू गम्भीर हुन नसकेको धारणा राखिन्।

त्यस्तै बैठकमा सांसद सरिता कुमारी गिरीले अविलम्ब नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गरिन् । उनले नागरिकता नपाउँदा हजारौँ युवाहरू अलपत्र परेको अवस्थामा नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ गर्न नहुने बताइन्।

नागरिकता विधेयक सासदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको करिव दुई साता हुँदा पनि प्रमाणीकरण भएको छैन ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ४ : २१ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००