सिम्तामा बँदेलको आतङ्क, स्थानीयले गुहारे गाउँपालिका « Khabarhub

सिम्तामा बँदेलको आतङ्क, स्थानीयले गुहारे गाउँपालिका


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सिम्ता गाउँपालिका–४ बजेडीचौरमा जङ्गली जनावर बँदेलले आतङ्क मच्चाएको छ । सयौँको सङ्ख्यामा गाउँ पस्ने बँदेलले खेतीबाली नष्ट गरेपछि स्थानीयले नियन्त्रणका लागि गाउँपालिका गुहारेका छन् ।

बँदेलले हिउँदे र वर्खेबाली सखाप पारेपछि संयुक्त ज्येष्ठ नागरिक मिलन केन्द्रको अगुवाइमा सोमबार गाउँ कार्यपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी छ ।

स्थानीयले गाउँपालिकाले तत्काल बँदेल नियन्त्रणमा ध्यान नदिए मालपोत कर नतिर्ने चेतावनी दिएका छन् । केन्द्रका अध्यक्ष गोरख चन्दले गाउँभरि बँदेलले आतङ्क मच्चाएको बताए ।

‘दिन–रात ठूलो सङ्ख्यामा बँदेल खेतबारीमा पस्ने गर्दछन् । हिउँदे सिजनमा पनि यसैगरी बाली सखाप पारे’, उनले भने, ‘मानिसले धपाउनै नसक्ने सङ्ख्यामा बँदेलको हूल खेतबारी र बस्तीमा पस्ने गर्दछन् । बँदेलबाट धेरै क्षति भोगिसक्यौँ ।’

मिहेनतले लगाएको खेतीबाली बँदेलले क्षति पु¥याएपछि स्थानीय बासिन्दा चिन्तित छन् ।

 

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ८ : २९ बजे

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको