डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियान « Khabarhub

डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियान


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– हेटौँडा उपमहानगरपालिका–४, ५, १० र ११ मा केही दिनअघि फैलिएको डेङ्गु रोग नियन्त्रण गर्न प्रत्येक घरदैलोमा विभिन्न उपायको अवलम्बन गरिने भएको छ ।

आज ६५ डेङ्गु बिरामी फेला परेको उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ । डेङ्गु रोगबाट प्रभावित भई गम्भीर प्रकृतिका बिरामीको काठमाडौँको शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा उपचार गराइरहेको महाशाखाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले जानकारी दिए ।

वडा नम्वर ३, १२, १४, १५ र १७ मा पनि डेङ्गुका बिरामी फेला परेको र ती बिरामीलाई अहिले चिकित्सकले परीक्षण गरी चितवनको भरतपुर अस्पताल र हेटौँडा अस्पतालमा भर्ना गरी उपचार भइरहेको उनले जानकारी दिए ।

उपमहानगरपालिकाको विभिन्न वडामा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर र उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले स्वास्थ्यकर्मी परिचालन गरी रगतको नमूना सङ्कलन गर्ने र प्रत्येक वडाको टोलटोल पुगेर डेङ्गु रोगका बारेमा जानकारी दिने बताए ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ८ : ४७ बजे

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू