विवेकशील साझाबाट मिश्र र पाण्डे दुवै बाहिरिए « Khabarhub

विवेकशील साझाबाट मिश्र र पाण्डे दुवै बाहिरिए


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा र संयोजकमा सञ्जीवबल्लभ भट्टराई चयन भएका छन् ।

सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तहको निर्वाचनको पराजयको जिम्मेवारी लिँदै गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समिति सदस्य बाँस्कोटालाई अध्यक्ष र रिक्त संयोजक पदमा कार्यसम्पादन समितिकै अर्का सदस्य भट्टराईलाई चयन गरेको हो ।

सो पार्टीका बागमती प्रदेशकी पूर्व संयोजक ३८ वर्षीय बाँस्कोटा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवार थिइन् । यस्तै ३४ वर्षीय भट्टराई तत्कालीन विवेकशील नेपाली दलको निर्वाचित नीति सचिव तथा विवेकशील साझा पार्टीको नीति विभाग प्रमुख थिए ।

यता मिलन पाण्डेले पनि पार्टी पुनर्गठन गर्ने घोषणा गरेका छन् । अर्थात उनी र उनको समूह अब विवेकशील साझामा रहने छैन । याेसँगै विवेकशील साझाबाट मिश्र र पाण्डे दुवै बाहिरिएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १० : ५० बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६