किसानलाई परिचय पत्र वितरण « Khabarhub

किसानलाई परिचय पत्र वितरण


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कृष्णपुर – कृष्णपुर नगरपालिकाका किसानलाई परिचय पत्र वितरण गर्न सुरु गरिएको छ। राष्ट्रिय कृषक समूह महासंघको सहकार्यमा नगरपालिकाले किसानलाई वर्गीकरण सहितको परिचय पत्र वितरण गर्न सुरु गरेको हो

किसानलाई चार भागमा विभाजित गरेर परिचय पत्र वितरणको कार्य थालनी गरिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताए।

उहाँका अनुसार भूमिहीन, सीमान्तकृत, किसान मजदुरलाई एक श्रेणी, साना किसान, मझौतला किसान र ठुला किसानलाई अलग अलग श्रेणीमा वर्गीकरण गरी परिचय पत्र उपलव्ध गराउने कार्य भैरहेको छ।

तीन कठ्ठा सम्म जग्गा भएका, कृषिबाट एक लाख भन्दा कम बार्षिक आय भएकालाई भूमिहीन, सिमान्तकृत, किसान मजदुरका रुपमा राखिएको छ। त्यस्ता किसानलाई १०० प्रतिशत अनुदान पाउने श्रेणीमा राखिएको छ। चार कठ्ठादेखि १५ कठ्ठा सम्म जग्गा भएका, कृषि कार्यबाट एक लाखदेखि पाँच लाखसम्म वार्षिक आय हुने किसानलाई साना किसानका रुपमा राखिएको छ।

साना किसानलाई ७५ प्रतिशत अनुदान उपलब्ध गराइने छ। १५ कठ्ठादेखि तीन विघा जग्गा भएका , कृषिबाट पाँच लाखदेखि १५ लाख वार्षिक आय भएका किसानलाई मझौला किसानका रुपमा राखिएको छ।

मझौला किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ। तीन विघा भन्दा बढी जग्गा भएका कृषि कार्यबाट १५ लाखदेखि ५० लाखसम्म आय भएका किसानलाई ठूला किसानका रुपमा राखेर परिचय पत्र वितरण गर्ने व्यवस्था गरिएको छ।

यस्ता किसानलाई २५ प्रतिशत अनुदान उपलब्ध गराइने छ। जग्गा भाडामा दिने, स्वयं खेती नगर्ने, जागिर गर्ने, अर्कोलाई जग्गा कमाउन दिने किसानलाई सुचिकृत नगरिएको कार्यालय प्रमुख धामीले बताउनु भयो।

“नगरपालिका नौ वटै वडा कार्यालयमार्फत् परिचय पत्र वितरण गर्ने व्यवस्था मिलाएका छौं”, कृषि शाखा प्रमुख धामीले भने, “परिचय पत्र वितरण गर्ने कार्यको सोमबार नगर प्रमुख हेमराज ओझाले सुभारम्भ गरेका छन्, पहिलो दिन ४० बढी परिचय पत्र वितरण भएका छन,बाँकी परिचय पत्र वडा कार्यालयले बाँडछन।”

नगरपालिकाका १४ हजार २६८ किसानलाई परिचय पत्र वितरण गर्नका लागि सुचिकृत गरेको छ।

परिचय पत्रकै आधारमा नगरपालिकाबाट किसानलाई वीउविजन, मलखाद, कृषि औजार, उपकरण लगायत अनुदानका उपलब्ध गराइने उनको भनाइ छ। नगर प्रमुख हेमराज ओझाले नगरपालिका भित्र बसोवास गर्ने वास्तवीक किसानको पहिचान गरी हक अधिकार सुनिश्चित गर्नका लागि बर्गीकरण सहितको परिचय पत्र वितरण भैरहेको जानकारी दिए।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ६ : ३५ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय