किसानलाई परिचय पत्र वितरण « Khabarhub

किसानलाई परिचय पत्र वितरण


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कृष्णपुर – कृष्णपुर नगरपालिकाका किसानलाई परिचय पत्र वितरण गर्न सुरु गरिएको छ। राष्ट्रिय कृषक समूह महासंघको सहकार्यमा नगरपालिकाले किसानलाई वर्गीकरण सहितको परिचय पत्र वितरण गर्न सुरु गरेको हो

किसानलाई चार भागमा विभाजित गरेर परिचय पत्र वितरणको कार्य थालनी गरिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताए।

उहाँका अनुसार भूमिहीन, सीमान्तकृत, किसान मजदुरलाई एक श्रेणी, साना किसान, मझौतला किसान र ठुला किसानलाई अलग अलग श्रेणीमा वर्गीकरण गरी परिचय पत्र उपलव्ध गराउने कार्य भैरहेको छ।

तीन कठ्ठा सम्म जग्गा भएका, कृषिबाट एक लाख भन्दा कम बार्षिक आय भएकालाई भूमिहीन, सिमान्तकृत, किसान मजदुरका रुपमा राखिएको छ। त्यस्ता किसानलाई १०० प्रतिशत अनुदान पाउने श्रेणीमा राखिएको छ। चार कठ्ठादेखि १५ कठ्ठा सम्म जग्गा भएका, कृषि कार्यबाट एक लाखदेखि पाँच लाखसम्म वार्षिक आय हुने किसानलाई साना किसानका रुपमा राखिएको छ।

साना किसानलाई ७५ प्रतिशत अनुदान उपलब्ध गराइने छ। १५ कठ्ठादेखि तीन विघा जग्गा भएका , कृषिबाट पाँच लाखदेखि १५ लाख वार्षिक आय भएका किसानलाई मझौला किसानका रुपमा राखिएको छ।

मझौला किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ। तीन विघा भन्दा बढी जग्गा भएका कृषि कार्यबाट १५ लाखदेखि ५० लाखसम्म आय भएका किसानलाई ठूला किसानका रुपमा राखेर परिचय पत्र वितरण गर्ने व्यवस्था गरिएको छ।

यस्ता किसानलाई २५ प्रतिशत अनुदान उपलब्ध गराइने छ। जग्गा भाडामा दिने, स्वयं खेती नगर्ने, जागिर गर्ने, अर्कोलाई जग्गा कमाउन दिने किसानलाई सुचिकृत नगरिएको कार्यालय प्रमुख धामीले बताउनु भयो।

“नगरपालिका नौ वटै वडा कार्यालयमार्फत् परिचय पत्र वितरण गर्ने व्यवस्था मिलाएका छौं”, कृषि शाखा प्रमुख धामीले भने, “परिचय पत्र वितरण गर्ने कार्यको सोमबार नगर प्रमुख हेमराज ओझाले सुभारम्भ गरेका छन्, पहिलो दिन ४० बढी परिचय पत्र वितरण भएका छन,बाँकी परिचय पत्र वडा कार्यालयले बाँडछन।”

नगरपालिकाका १४ हजार २६८ किसानलाई परिचय पत्र वितरण गर्नका लागि सुचिकृत गरेको छ।

परिचय पत्रकै आधारमा नगरपालिकाबाट किसानलाई वीउविजन, मलखाद, कृषि औजार, उपकरण लगायत अनुदानका उपलब्ध गराइने उनको भनाइ छ। नगर प्रमुख हेमराज ओझाले नगरपालिका भित्र बसोवास गर्ने वास्तवीक किसानको पहिचान गरी हक अधिकार सुनिश्चित गर्नका लागि बर्गीकरण सहितको परिचय पत्र वितरण भैरहेको जानकारी दिए।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ६ : ३५ बजे

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको

पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई