साउदीमा ८ वर्षदेखि अचेत रहेकी बाटुलीलाई नेपाल फर्काइयो « Khabarhub

साउदीमा ८ वर्षदेखि अचेत रहेकी बाटुलीलाई नेपाल फर्काइयो



दोहा – ८ वर्षअघि साउदी अरबमा भर्‍याङबाट लडेर गम्भीर घाइते भई अचेत अवस्थामा रहेकी एक नेपाली महिलालाई उद्धार गरी स्वदेश पठाइएको छ ।

सन् २०१४ मा साउदी अरब पुगेको ६ महिनामै आफूले काम गर्ने घरको भर्‍याङबाट तल खस्दा गम्भीर घाइते भएर साउदीको अलहासास्थित अल अयुन सिटी अस्पतालमा उपचाररत रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ घर भएकी बाटुली सुनारको उद्धार गरी नेपाल फर्काइएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ। लामो समयदेखि उपचार गर्दा पनि उनको अवस्थामा खासै सुधार नआएपछि परिवारको साथमा राखेर उपचार गर्दा केही सुधार हुनसक्ने डाक्टरको सल्लाह बमोजिम नेपाल फर्काइएको हो ।

सुनार सन् २०१४ मा घरेलु कामदार (हाउसमेड) भिसामा कुवेत गएकी थिइन् । उनलाई कुवेतबाट गैरकानुनी रुपले साउदी अरब ल्याइएको पाइएको जनाएको छ ।

दूतावासले नेपाल एयरलाइन्सको जहाजमा स्ट्रेचर राख्ने व्यवस्था गर्न, उनलाई एक जना नर्ससहित स्ट्रेचरमा राखेर नेपाल लैजाँदा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने गरी पहल गरेको थियो ।

दूतावासले बिरामीको आवश्यक कागजातसहित एक्जिट भिसाको लागि साउदी श्रम कार्यालय र अध्यागमन कार्यालयसँग समन्वय गरेको थियो ।

यसअघि पनि दूतावासले ड्युटी सकाएर कोठामा फर्किँदै गर्दा अचानक मस्तिष्क घात भई गाडीको सिटमै ढलेका सर्लाहीका अरूण कुमार राय र सडक दुर्घटना परी गम्भीर घाइते भई विगत ११ वर्षदेखि साउदीको अल मौवासत अस्पतालमा उपचाररत धनुषा चण्डेश्वर मुखियालाई पनि उद्धार गरी नेपाल फर्काइसकेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : ०० बजे

राजेन्द्रले सुकुम्बासी रोइरहेको सुनाउँदा प्रधानमन्त्रीले भने, ‘उनीहरूका पीडा र आँसुले म पनि छटपटिएको छु’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सम्हालेयता पहिलो पटक कुनै राजनीतिक

एक वर्षमा २२ गैँडा मरे

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा

नियमावली संशोधनका लागि शैक्षिक परामर्श व्यवसायीको माग

काठमाडौं– नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले शैक्षिक परामर्श, भाषा

राष्ट्र बैंकलाई आधुनिक र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८

ओलीको दाबी- सरकारले विरोध दबाउन घर र सञ्चार माध्यमका कार्यालय अगाडि गाडी तेर्स्याए

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अराजकता फैलाउने