बेनी–भकिम्ली सडक तीन महिनापछि सञ्चालनमा « Khabarhub

बेनी–भकिम्ली सडक तीन महिनापछि सञ्चालनमा


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गलेश्वर – गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिराका कारण अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिनापछि बल्ल सञ्चालनमा आएको छ ।

सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडकखण्डअन्तर्गत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिराले सडक बगाएपछि भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट विच्छेद भएको थियो । पहिराले सडक बगाएपछि सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयले घुमाउरो र जोखिमपूर्ण मार्गको प्रयोग गर्न बाध्य भएका थिए ।

‘बेनी नगरपालिका र स्थानीयको पहलमा तीन महिनापछि मर्मत गरेर आंशिकरूपमा सडक सञ्चालनमा ल्याउन सफल भएका छौँ’, स्थानीय शेरबहादुर घर्तीले भने। गत वर्ष ढलानसहितको सडक पहिराले बगाएपछि वैकल्पिक मार्ग हुँदै सडक सञ्जाल जोड्ने प्रयास गरिएको थियो । पहिराले हलेगौडासहित आसपासका क्षेत्रका बस्तीसमेत जोखिममा परेको छ ।

भकिम्ली हुँदै छिमेकी बागलुङको काठेखोला र ताराखोला गाउँपालिकाका बासिन्दाले समेत आवतजावत गर्ने गरेका छन् । भकिम्ली जाने वैकल्पिक सडकअन्तर्गत ज्यामरुककोट, बेनी–थामडाँडा सडकखण्डअन्तर्गत राखु र मरेक हुँदै आवतजावत गर्न सकिन्छ ।

भकिम्ली जोड्ने हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो मानिन्छ । नगरपालिकाले समेत उक्त सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो । करिब सात सय ५० घरधुरीको बसोबास रहेको भकिम्लीवासीलाई सहज हुने गरी सडक मर्मतको प्रयास भए पनि उक्त स्थान सधैँ जोखिम बन्दै गएको वडाध्यक्ष पदम पुनले बताए।

‘सडक अवरुद्ध हुँदा जनतालाई सास्ती भएको थियो, अहिले सामान्य मर्मत गरेर सवारी आवतजावत गर्न सक्ने बनाएका छौँ, सडकलाई दिगो बनाउन ठूलो बजेटको आवश्यकता देखिएको छ’, उनले भने । गत वर्ष ढलान गरेकोसहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेपछि उक्त मार्गमा नियमितजसो अवरुद्ध हुन थालेपछि वैकल्पिक मार्गको समेत सर्भे भएको थियो । सरकारी निकायबाट विनियोजित बजेटबाहेक स्थानीयले श्रमदान गरी सडक विस्तार गरेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ८ : ११ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट