बार्सिलोना बायर्नसँग पराजित | Khabarhub Khabarhub

बार्सिलोना बायर्नसँग पराजित


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – च्याम्पियन्स लिग फुटबलअन्तर्गत भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई २-० ले हराएको छ।

समूह सीअन्तर्गत मंगलबार राति भएको खेलमा बायर्नलाई जित दिलाउन लुकास हर्नान्डेज र लोरी सानेले एक-एक गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि बायर्नले दोस्रो हाफमा गोल गरेको थियो।

५०औँ मिनेटमा हर्नान्डेजले गोल गर्दै बायर्नलाई अग्रता दिलाए। ५४ औँ मिनेटमा सानेले गोल गर्दा बायर्न२-० ले अघि रह्यो। लगातार दोस्रो जित निकालेको बायर्न ६ अंक जोडेर शीर्ष स्थानमा छ। पहिलो हार बेहोरेको बार्सिलोना ३ अंक जोडेर दोस्रो स्थानमा छ।

समूहको अर्को खेलमा इन्टर मिलानले भिक्टोरिया प्लेजेनलाई २-० ले हरायो।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ८ : १९ बजे

आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग

काठमाडौं– निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं–  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी सृजनाटोलस्थित मकवानपुर हेटौंडा घर भएकी ५५

झुम्का कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

धरान– सुनसरीको झुम्का कारागारमा एक जना कैदीको मृत्यु भएको छ

गृह र अध्यागमनको टोलीले गर्‍यो कोरला नाका अवलोकन

मुस्ताङ– गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमामा रहेको

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर– सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर