साफ यू–१७ च्याम्पियनशिप : नेपाल र भारत उपाधिका लागि भिड्दै « Khabarhub

साफ यू–१७ च्याम्पियनशिप : नेपाल र भारत उपाधिका लागि भिड्दै


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रीलङ्कामा भइरहेको पुरुष साफ यू–१७ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन्। श्रीलङ्काको कोलम्बोस्थित रेसकोर्स मैदानमा फाइनल खेल आज राति सवा ८ बजे हुनेछ।

सेमिफाइनल खेलमा आयोजक श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। यसैगरी भारत सेमिफाइनलमा बङ्गलादेशलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो।

भारतलाई पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बन्ने लक्ष्यका साथ नेपाली टोली मैदानमा उत्रनेछ। नेपाली टोलीलाई उपाधि उचाल्न सहज भने हुने छैन । साविक विजेता भारतको दाउ पनि नेपाललाई हराएर उपाधि रक्षा गर्ने रहेको छ।

नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतविरुद्धको खेलमा विजयी भइ च्याम्पियन बन्ने लक्ष्य रहेको बताए। यसअघि समूह चरणको खेलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो। नेपाल अपराजित रहँदै फाइनल पुगेको हो।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १२ : ३८ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको