काभ्रेपलाञ्चोकका नौ विद्यालय‍ उत्कृष्ट  « Khabarhub

काभ्रेपलाञ्चोकका नौ विद्यालय‍ उत्कृष्ट 


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले कार्यसम्पादन परीक्षण गरेको उत्कृष्ट एक सयमध्ये काभ्रेपलाञ्चोकका नौ विद्यालय छनोटमा परेका छन् । केन्द्रद्वारा सार्वजनिक देशभरका सामुदायिक विद्यालयको कार्यसम्पादन परीक्षणको नतिजाअनुसार उत्कृष्ट एक सयमध्ये काभ्रेपलाञ्चोकका नौ विद्यालय रहेका हुन् ।

केन्द्रले देशका चार हजार आठ सय ६७ विद्यालयको श्रेणीकरण गर्दा उत्कृष्ट एक सयमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको छ, रोशी गाउँपालिका एक, पनौती नपाको एक र मण्डनदेउपुर नगरको एक माध्यमिक विद्यालय छनोटमा परेका छन् ।

जिल्लास्थित शिक्षा विकास समन्वय इकाईका अनुसार विद्यालयले प्राप्त गरेको कार्यसम्पादन प्राप्ताङक (मेरिट)का आधारमा पाँचखाल नगरका छ विद्यालय एक सयमध्येमा छनोट भएका छन् । पाँचखालमा नगरमा १३ माध्यमिक विद्यालय छन् । 

पाँचखाल नगरका शिक्षा शाखा प्रमुख दीनानाथ पन्थीले इआरओको कार्यसम्पादन परीक्षणका उत्कृट एक सयमध्ये आजाद मावि बालुवा ३५ नं, ज्ञानेश्वरी मावि अनेकोट ४० नं, भक्रमदेवी मावि अनेकोट ५० नं, सर्वमंगला मावि पाँचखाल ६५ नं, मंहाङकाल मावि बेला ८१ नं र जोरपाटी मावि तिनपिप्ले १०० नं मा छनोट भएको जानकारी दिए ।

त्यस्तै रोशी गाउँपालिकाको मंगलजनविजय मावि उत्कृष्ट ५ नं मा छनोट भई काभ्रेपलाञ्चोककै उत्कृष्ट विद्यालय बनेको छ । पनौती नगरको भालेश्वर मावि मल्पी २८ नं तथा मण्डनदेउपुर नगरको महाकाली मावि चैनपुर ४४ नं मा परेका हुन् । 

इकाईप्रमुख गोकर्णध्वज कार्कीले इआरओको कार्यसम्पादन परीक्षणमा उत्कृष्ट सयमध्ये  काभ्रेपलाञ्चोकमा नौ विद्यालय छनोटमा परेकोमा खुसी व्यक्त गरे । जिल्लामा पाँच सय २७ सामुदायिक विद्यालय छन् । 

देशका चार हजार आठ सय ६७ विद्यालयलाई श्रेणीकरण गर्दा कास्कीको बाटुलेचौरस्थित विन्ध्यवासिनी मावि प्रथम श्रेणीमा परेको छ । उक्त विद्यालयले इआरओको कार्यसम्पादन परीक्षणमा ९४ दशमलब ५९ अंक प्राप्त गर्दै प्रथम भएको थियो । 

पाँचखालका नगरप्रमुख महेश खरेलले स्थानीय जनप्रतिनिधि, विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिका सबै क्षेत्रको सहयोगमा आफ्नो क्षेत्रका छ विद्यालय उत्कृष्ट सयमध्येभित्र परेकामा खुसी व्यक्त गरे । ‘नगरले शिक्षालाई प्राथमिकतामा राखेका कारण यसको समग्र परिवर्तनका लागि विद्यालय प्रधानाध्यापक र शिक्षकको क्षमता सुदृढ बनाउनेतर्फ उन्मुख छौँ’, खरेलले भने। 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  २ : ४७ बजे

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका

प्रहरी संगठन वा प्रमुखसँग कुनै व्यक्तिगत विवाद छैन : खगेन्द्र सुनार

काठमाडौं– रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग