ओझेलमा आकर्षक बल्कोटको पौवा « Khabarhub

ओझेलमा आकर्षक बल्कोटको पौवा


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको बल्कोट पौवामा काठमा विभिन्न आकृतिका चित्र कोरिएका छन् । राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा तत्कालीन कर्नेल सनदसिंह टण्डनको नेतृत्वमा बल्कोट पौवा निर्माण गरिएको बताइन्छ । कालिगढले अत्यन्त आकर्षक शैलीमा निर्माण गरेको पौवाभित्र शिवालय, मठ मन्दिरसमेत छन् ।

विसं १९०४ मा निर्माण सुरु गरी १० वर्ष लगाएर पौवा तथा मन्दिर निर्माण गरिएको संस्कृतिविद् डा. गोविन्द टण्डनले बताए । जङ्गबहादुर राणाका जेठानसमेत रहेका सनकसिंह टण्डनले आफ्ना बुबा पर्शुरामको आग्रहमा मन्दिर तथा पौवा निर्माण गरेको इतिहास छ । टण्डन परिवारले निर्माण गरेको सनकसिंह टण्डनको शालिकको एक कार्यक्रमबीच अनावरण गरिएको छ ।

आकर्षक बल्कोटको पौवा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा पर्ने ऐतिहासिक पौवामा दिनहुँजसो कार्यक्रम भइरहने भएपनि यसको संरक्षणमा कसैको ध्यान जान सकेको छैन । आफ्ना पुर्खाको इतिहास रहेको पुण्यभूमिममा शालिक अनावरण गर्न पाउँदा खुशी लागेको नेपाली कांग्रेसका लुम्बिनी प्रदेशस सदस्य तथा समाजसेवी डा जयबहादुर टण्डनले बताए ।

केही वर्ष अघिसम्म मन्दिरको संरक्षण गर्ने, फूलपाती टिप्ने, कोइला लैजाने, लिपपोत गर्ने, दैनिक बिहान बेलुका बाँजा बजाउनेसमेतको व्यवस्था थियो । अहिले  दैनिक पूजाआजा भइरहेको र संरक्षण तथा प्रवर्द्धनमा समितिले काम गरिरहको छ । जङ्गबहादुरको न्वारन भएको स्थानको रुपमा चिनिने यस पौवाको संरक्षणमा सरकारको ध्यान जान जरुरी रहेको पर्शुरामेश्वर मन्दिर तथा बल्कोट पौवा संरक्षण समितिका अध्यक्ष राजेश पन्थीले बताए । 

कर्नेल सनदसिंहको पालामा बल्कोटको पौवा, मथुराको पौवा, पाल्पा र गुल्मीको सिमानामा रहेको मनवाक पौवा, ऋणिको बगैँचा, पाल्पा अर्गलीको बगैँचा, जोर्तको पौवा र गौमुखी धारा निर्माण गरिएका थिए । बल्कोटको पौवा, मन्दिर र गुठी संरक्षण गरी प्रचारप्रसार गर्ने उद्देश्यले २०६६ सालमा डा गोविन्द टण्डनको नेतृत्वमा पण्डित दिनबन्दु पोखरेलको प्रवचनमा महायज्ञसमेत लगाइएको थियो । 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  २ : ५६ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि