७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालय सम्मानित « Khabarhub

७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालय सम्मानित


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको टोखा नगरपालिकाले ७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ । टोखाले ५८ राष्ट्रिय बाल दिवसका अवसर पारेर आज साउथ वेष्टर्न स्कुल वसुन्धरामा आयोजित कार्यक्रममा नगरपालिकाभित्रका कक्षा १० र १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको हो ।

सो नगरपालिकाले २० विद्यार्थी, ४१ शिक्षक तथा १२ विद्यालयलाई सम्मान गरेको हो । सम्मानित हुने विद्यार्थीलाई रु १२ हजार पाँच सय पुरस्कार, प्रमाणपत्र र खादा लगाएको थियो । यस्तै उत्कृष्ट शिक्षकलाई रु पाँच हजार नगद पुरस्कार, प्रमाणपत्र र खादा तथा विद्यालयलाई प्रमाणपत्र तथा खादाद्वारा सम्मान गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले टोखाभित्रको शिक्षाको गुणस्तरलाई अगाडि बढाउनका लागि विद्यार्थी, शिक्षक र विद्यालयलाई हौसलास्वरूप उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको जानकारी दिए । ‘टोखाभित्रका विद्यालयले देशभरका अरू विद्यालयभन्दा उत्कृष्ट नतिजा प्रदान गर्न सकोस्’, उनले भने। नगरप्रमुख अधिकारीले सीमित स्रोत र साधनबीच नपाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाएको बताए ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले नगरपालिकाभित्रका विद्यालयमा शिक्षाको गुणस्तर बढाउनका लागि सम्मान तथा पुरस्कार कार्यक्रम गरिएको बताए । उक्त सम्मानले भावी दिनमा शिक्षण सिकाइ क्रियाकलापलाई थप अगाडि बढाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा नगरप्रमुख अधिकारीसँगै शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौँका प्रमुख नन्दलाल पौडेल, नगरपालिकाका उपप्रमुख मुरारी तामाङले सम्मान प्राप्त विद्यार्थी, शिक्षक र विद्यालयलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए । 

सोही नगरपालिकाले आजै ‘बालमैत्री समाजको आधार स् जिम्मेवार परिवार, उत्तरदायी सरकार’ विषयमा वडास्तरीय वक्तृत्वकला कार्यक्रमसमेत आयोजना गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकामा ११ वडा रहेका छन् ।

 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ३ : ४७ बजे

सरकारलाई माधव नेपालको सुझाव- जनतालाई पीडा र यातना दिने गरी जनविरोधी काम नगरौँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले

नेपालको आरोप : वर्तमान सरकार जनविरोधी, सुकुम्वासीमाथिको दमन स्वीकार्न सकिँदैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले

नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य, दीपेन्द्रको शानदार शतक

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालले यूएईसमक्ष २९०

स्थानीयीबासीले एक दिनलाई नभत्काइदिनु भन्दा पनि सुनेन सरकारले, बुद्ध जयन्तीकै दिन तोडियो गुम्बा

काठमाडौं- दुई सातादेखि संघीय राजधानी सहर काठमाडौंदेखि अन्य जिल्लामा पनि

गगन थापाले भने- सरकारले भन्सार राम्रो गर्ने नाममा नागरिकलाई दुख दिन हुँदैन

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा