थाइल्याण्डको सैनिक विद्यालयमा गोली चल्दा दुई सैनिकको मृत्यु « Khabarhub

थाइल्याण्डको सैनिक विद्यालयमा गोली चल्दा दुई सैनिकको मृत्यु


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- थाइल्याण्डको सैनिक विद्यालयमा भएको गोलीकाण्डमा दुई सैनिकको मृत्यु भएको छ । राजधानी बैंककमा अवस्थित ‘रोयल थाई आर्मी वार कलेज’ मा बुधबार भएको गोलीकाण्डमा परी अर्का एक जना घाइते भएको शाही थाई सेनाका उपप्रवक्ता सिरिचन नगाथोङले जानकारी दिएका छन् ।

स्थानीय समयअनुसार बिहान ८ बजेर ५५ मिनेटमा उक्त सैनिक विद्यालयमा गोली चलेको हो । ५९ वर्षीय सार्जेन्ट योङ्गुत मार्कोर्नकिमले गोली चलाएको शाही थाई सेनाले जनाएको छ । उनी मानसिक रुपमा अस्वास्थ रहेको हुनसक्ने बताइएको छ ।

घटनापछि उनलाई नियन्त्रणमा लिइएको र गोली चलाउनुको कारण अझै स्पष्ट नभएको जनाइएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

घटनाबारे अनुसन्धान गर्न विशेष टोली गठन गरिने शाही थाई सेनाले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ४ : १० बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित