सोह्रखुट्टेका अनधिकृत संरचना हटाउन सुरु « Khabarhub

सोह्रखुट्टेका अनधिकृत संरचना हटाउन सुरु


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा आज काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे क्षेत्रमा त्यस्ता संरचना हटाउन थालिएको हो । 

काठमाडौँ महानगरापलिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालले सोह्रखुट्टे चोकदेखि म्हैपीसम्मको सडकमा अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको जानकारी दिए । उनका अनुसार अतिक्रमण गरी सञ्चालित फुटपाथ र नक्सा विपरीतको संरचना हटाइएको हो । सो वडाले वडाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन केही दिनअघि पत्राचारसमेत गरेको थियो ।

सोह्रखुट्टे क्षेत्रमा डोजर चल्न थालेपछि घरधनी र महानगर प्रहरीबीच विवाद भएको थियो । काठमाडौँ महानगरपालिकाले यसअघि न्युरोड, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल र नयाँ बसपार्क क्षेत्रमा नक्सा विपरीत अनधिकृत रुपमा बनाइएका संरचना हटाइसकेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ५ : ३२ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको