सोह्रखुट्टेका अनधिकृत संरचना हटाउन सुरु « Khabarhub

सोह्रखुट्टेका अनधिकृत संरचना हटाउन सुरु


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा आज काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे क्षेत्रमा त्यस्ता संरचना हटाउन थालिएको हो । 

काठमाडौँ महानगरापलिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालले सोह्रखुट्टे चोकदेखि म्हैपीसम्मको सडकमा अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको जानकारी दिए । उनका अनुसार अतिक्रमण गरी सञ्चालित फुटपाथ र नक्सा विपरीतको संरचना हटाइएको हो । सो वडाले वडाभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन केही दिनअघि पत्राचारसमेत गरेको थियो ।

सोह्रखुट्टे क्षेत्रमा डोजर चल्न थालेपछि घरधनी र महानगर प्रहरीबीच विवाद भएको थियो । काठमाडौँ महानगरपालिकाले यसअघि न्युरोड, नयाँ बानेश्वर, कोटेश्वर, चाबहिल र नयाँ बसपार्क क्षेत्रमा नक्सा विपरीत अनधिकृत रुपमा बनाइएका संरचना हटाइसकेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ५ : ३२ बजे

नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्न सरकार तयार : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालका ठूला

पश्चिमा शक्तिले नेपाललाई चीनविरोधी अखडा र युक्रेन बनाउने षड्यन्त्र गरे : ऐन महर

काठमाडौं- तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिन मनाउन

टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न, कोष सञ्चालन कार्यविधि-२०८३ स्वीकृत

काठमाडौं- प्रधानमन्त्री तथा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडौं- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले