बालेनको प्रभाव सुर्खेतमा पनि, एक्सनमा मेयर मोहनमाया « Khabarhub

बालेनको प्रभाव सुर्खेतमा पनि, एक्सनमा मेयर मोहनमाया



सुर्खेत- वीरेन्द्रनगर नगरपालिकाले सात दिनभित्र संरचना हटाउन दिएको अल्टिमेटम सकिएपछि नगरपालिका एक्सनमा उत्रिएको छ ।

कर्णाली प्रदेशको राजधानी रहेको नगरपालिका वीरेन्द्रनगरले अवैध संरचना हटाउन सुरु गरेको छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा अवैध संरचनाका कुरूप बनेको र सडक विस्तारमा कठिनाइ देखिएपछि नगरपालिकाले सात दिनभित्र संरचना हटाउन दिएको अल्टिमेटमअनुसार संरचना हटाउनु सुरु गरेको हो ।

नगरपालिकाले मंगलगढी चौकबाट प्रवेश गर्ने मुख्य बजार क्षेत्रमा रहेका विद्युत्, नेपाल टेलिकमका पोल तथा तारहरू र सडक किनारामा रहेका अशोकका रुखहरू हटाउन थालेको छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र मंगलगढी–गणेशचौकसम्मको झन्डै एक हजार सात सय मिटर सडक विस्तार गर्नुपर्ने भएकाले सडकका दुवै किनारामा रहेका अवैध संरचना हटाउन यसअघि नै जारी सूचनाअनुसार आजदेखि काम थालिएको प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले जानकारी दिए ।

‘गत वर्ष नै सडक विस्तारका लागि ठेक्का आह्वान गरिएको हो । अवैध संरचनाका कारण निर्माण काम सुरु गर्न सकिएको थिएन,’ तिवारी भन्छन्, ‘सर्वदलीय र सर्वपक्षीय बैठकमा सहमति जुटाएर सडक विस्तार गर्न अन्तिम सूचना प्रकाशन गरेपछि त्यसैको निरन्तरताका लागि आजबाट काम थालेका हौँ ।’

नगरपालिकाले अवैध संरचनासहित सडक क्षेत्राधिकार भित्र पर्ने नक्सा पास अनुमति नलिई निर्माण भएका स्थायी र अस्थायी भौतिक संरचना पनि हटाउने जनाएको छ । प्रदेशको पूर्वाधार विकास निर्देशनालयले मंगलगढी–गणेशचौक, वीरेन्द्रचौक–भानूचौक, हुलाक चोक–राम मन्दिर, वीरेन्द्रचौक–खोर्के खोला लाइनसम्मको सडक स्तरोन्नति गर्न विभिन्न प्याकेजमा बजेट विनियोजन गरेको छ ।

यी सबै सडक डवल लेनको निर्माण गरिने निर्देशनालयका इन्जिनियर सूर्य शाहीले जानकारी दिए । ‘मुख्य बजार क्षेत्रको सडक निर्माण लागत करिब १३ करोड ६७ लाख रहेको छ,’ शाहीले भने, ‘यो आर्थिक वर्ष सक्ने गरी अघिल्लो आर्थिक वर्षमा खड्का निर्माण सेवा बाँकेसँग सम्झौता भइसकेको छ । नगरपालिकाले साइट क्लियर गरेपछि निर्माण थालनी गरिनेछ ।’

८३४ मिटर लम्बाइसहित सडकको १५ मिटर चौडाइसम्म कालोपत्रे गरिने र बाँकी पार्किङ लागि रहने छ । निर्देशनालयले सृजनशील टोल तार र पोलका कारण कुरूप बनेको बजार क्षेत्रमा रहेका संरचना समयमै नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानून अनुसार अटेरी गरे कारबाही गर्ने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ६ : ०३ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको