निर्माण कार्य अधुरो छाड्नेलाई कारवाही हुन्छ : मन्त्री राई « Khabarhub

निर्माण कार्य अधुरो छाड्नेलाई कारवाही हुन्छ : मन्त्री राई


२९ भदौ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले निर्माण कार्य अधुरो छोड्ने निर्माण कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

बाँकेको जानकी गाउँपालिका–३ ईन्द्रपुरमा बुधबार हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया सडकखण्डको स्तरोन्नतिको शिलान्यास गर्दै मन्त्री राईले समयमै निर्माणकार्य नसक्ने कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।

‘वर्षौसम्म सडक निर्माण कार्य पूरा नहुँदा आमनागरिकमा नकारात्मक प्रभाव परेको छ,’ उनले भने । उक्त सडकखण्डको गुलरिया र खजुरामा चार लेन सडक निर्माणमा ढिलाई भएकोप्रति गुनासो आएपछि मन्त्री राईले २४ घण्टे स्पष्टीकरण पठाउन मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक लगायत कर्मचारीलाई निर्देशन दिएका छन् ।

स्पष्टीकरणपत्र प्राप्त भएपछि ठेक्का सम्झौता रद्द गर्नेसम्मको कारवाही गर्न उनले निर्देशन दिए । मन्त्री राईले शिलान्यास गरेको सडक ३२.९ किलोमिटर लम्बाईको रहेको छ । जसमध्ये २२.७ किलोमिटर चार लेन र १०.२ किलोमिटर दुई लेन निर्माण गरिनेछ ।

यस सडकमध्ये १.८ किलोमिटर चार लेन सडक निर्माण भइरहेकाले ३१.१ किलोमिटर सडक स्तरोन्नति हुनेछ । वस्ती भएको क्षेत्रमा चार लेन र बाँकी क्षेत्रमा दुई लेन सडकको रुपमा स्तरोन्नति गर्ने बताइएको छ ।

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ७ : २३ बजे

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प, युक्रेन युद्धबारे छलफलको सङ्केत

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी

केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित