सर्वोच्चका न्यायाधीशहरु महाभियोग सिफारिस समितिमा बयान दिन नजाने « Khabarhub

सर्वोच्चका न्यायाधीशहरु महाभियोग सिफारिस समितिमा बयान दिन नजाने


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतका न्यायाधीशहरुले महाभियोग सिफारिस समितिमा बयान दिन नजाने निर्णय गरेका छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा मुछेका सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको फुल कोर्टको बैठकले यस्तो निर्णय गरेको हो ।

महाभियोग सिफारिस समितिले चोलेन्द्रले आरोप लगाएका दलका नेताबाहेकलाई बयान लिनका लागि पत्र पठाएकै भोलिपल्ट न्यायाधीशहरूले आफूहरूले जान नमिल्ने निर्णय गरेका हुन् ।

महाभियोगसम्बन्धी कारवाही प्रक्रियाका सन्दर्भमा यस अदालतका न्यायाधीशले उपरोक्त लेखी आएअनुसार महाभियोग सिफारिस समितिमा उपस्थित हुनु र निजसँग सोधपुछ, सवालजवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्तिपृथकीकरणको सिद्धान्त र नेपालको संविधानले अङ्गिकार गरेका मान्यताहरू समेतका कुनै पनि दृष्टिले संविधानसम्मत् उचित र शोभनीय नहुने हुँदा प्राप्त हुन आएको पत्रानुसार कोही पनि न्यायाधीश उपस्थित हुन नमिल्ने भएकोले सोही व्यहोराको जानकारी महाभियोग सिफारिस समितिमा तत्काल लेखी पठाइदिने निर्णय बैठकले गरेको हो ।

 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : ५० बजे

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

साना- यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड सी)

एनएफपिजेद्वारा ‘तीनदिने फोटो पत्रकारिता’ तालिम सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार

आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित भयो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले विधि, प्रक्रिया र