भोलि र पर्सिको मौसम कस्तो हुनेछ ? « Khabarhub

भोलि र पर्सिको मौसम कस्तो हुनेछ ?


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यसवर्षको मनसुन अझै हटेको छैन । भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावले देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भइरहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको गरेको छ।

जसअनुसार भोलि शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

भोलि राति देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको आँकलन छ।

पर्सि आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने अनुमान छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पर्सि रातिदेखि भने देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ७ : १७ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी