सयपत्री हाइड्रोको आईपीओ आइतबारबाट कारोबारमा आउने « Khabarhub

सयपत्री हाइड्रोको आईपीओ आइतबारबाट कारोबारमा आउने


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर आइतबार धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

कम्पनीको आईपीओ बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गरेको छ । तर, आज शुक्रबार सेयर कारोबार नहुने र भोलि शनिबार परेकोले आइतबारबाट सेयर कारोबारमा आउने भएको हो ।

नेप्सेमा यो कम्पनीको कुल ३० लाख कित्ता सेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको २१ लाख कित्ता, सर्वसाधारणको ६ लाख कित्ता र स्थानीयको ३ लाख कित्ता छन् ।  नेप्सेले यो कम्पनीलाई एसपीएचएल कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ६४.९६ रुपैयाँ र अधिकतममा १९४.८८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।

यदि आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ८ : ५५ बजे

१५ हजार करोड भन्दा बढीमा बिक्यो राजस्थान रोयल्स

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको चर्चित फ्रेन्चाइजी राजस्थान

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राप्रति नेपालको आपत्ति, दुवै देशलाई पठाइयो कूटनीतिक नोट

काठमाडौं – नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गर्न लागिएको कैलाश

अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी

इस्लामावाद – पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोघादामले अमेरिका–इरान

सुकुम्वासी उठिबासका साक्षी जेष्ठ नागरिक भन्छन्, धनीमानी अर्को ठाउँमा बस्छन्, गरिबले दुःख पाए

काठमाडौं- बालेन सरकारको डोजर आइतबार काठमाडौंस्थित अनामनगर देवीनगर टोलमा पुग्यो

देशका विभिन्न भागमा आगलागी, लाखौंको क्षति

काठमाडौं – देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२