३९ वर्ष पछि पोखरामा राष्ट्रिय खेलकुद : ६ हजार बढी खेलाडी सहभागी हुने | Khabarhub Khabarhub

३९ वर्ष पछि पोखरामा राष्ट्रिय खेलकुद : ६ हजार बढी खेलाडी सहभागी हुने


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पोखरा – राष्ट्रिय खेलकुद सुरु भएको ३९ वर्ष पछि दोस्रो पटक पोखरामा नवौँ राष्ट्रिय खेलकुदको आयोजना गरिएको छ।

२०४० सालमा पहिलो संस्करणको आयोजना भएको पोखरामा यस पटक नवौँ राष्ट्रिय खेलकुद आयोजना गरियो। २०७७ फागुन २१–२७ सम्म गण्डकी प्रदेशमा हुने घोषणा भए पनि कोरोना महामारीका कारण ३ वर्ष पछि हुन लागेको नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले आज गर्दै छन्।

देशैभरका खेलाडी र प्रशिक्षक पोखरा आइपुगेका छन् भने उद्घाटनमा सातौँ दक्षिण एसियाली खेलकुद सागका स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्वलन गर्नेछन्।

प्रतियोगितामा ६ हजार १ सय ५७ खेलाडी सहभागी हुनेछन् भने ७ वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित तीन विभागीय टोली र एनआरएनए गरी १९ टोलीले भाग लिनेछन्।

गण्डकीका मनाङ, मुस्ताङ र लमजुङबाहेक अन्य जिल्लामा प्रतियोगिता आयोजना हुनेछ। ३६ मध्ये २६ खेल पोखरामा सञ्चालन हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिएका छन्।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ९ : ०० बजे

एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्ड बिक्री खुल्ला

काठमाडौं– एनआईसी एशिया क्यापिटल लिमिटेडले आज (बिहीबार)बाट म्युचुअल फण्ड बिक्रीमा

रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) पत्रकार भेटघाट कार्यक्रम

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर

ताप्लेजुङ गोल्डकप : आज रेड स्टार र सहलेश भिड्दै

ताप्लेजुङ– ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत