३९ वर्ष पछि पोखरामा राष्ट्रिय खेलकुद : ६ हजार बढी खेलाडी सहभागी हुने « Khabarhub

३९ वर्ष पछि पोखरामा राष्ट्रिय खेलकुद : ६ हजार बढी खेलाडी सहभागी हुने


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पोखरा – राष्ट्रिय खेलकुद सुरु भएको ३९ वर्ष पछि दोस्रो पटक पोखरामा नवौँ राष्ट्रिय खेलकुदको आयोजना गरिएको छ।

२०४० सालमा पहिलो संस्करणको आयोजना भएको पोखरामा यस पटक नवौँ राष्ट्रिय खेलकुद आयोजना गरियो। २०७७ फागुन २१–२७ सम्म गण्डकी प्रदेशमा हुने घोषणा भए पनि कोरोना महामारीका कारण ३ वर्ष पछि हुन लागेको नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले आज गर्दै छन्।

देशैभरका खेलाडी र प्रशिक्षक पोखरा आइपुगेका छन् भने उद्घाटनमा सातौँ दक्षिण एसियाली खेलकुद सागका स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्वलन गर्नेछन्।

प्रतियोगितामा ६ हजार १ सय ५७ खेलाडी सहभागी हुनेछन् भने ७ वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित तीन विभागीय टोली र एनआरएनए गरी १९ टोलीले भाग लिनेछन्।

गण्डकीका मनाङ, मुस्ताङ र लमजुङबाहेक अन्य जिल्लामा प्रतियोगिता आयोजना हुनेछ। ३६ मध्ये २६ खेल पोखरामा सञ्चालन हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिएका छन्।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ९ : ०० बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती