विश्व इतिहासमा आज : इजरेल र प्यालेस्टिनी नेतालाई नोबेल शान्ति पुरस्कार | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : इजरेल र प्यालेस्टिनी नेतालाई नोबेल शान्ति पुरस्कार


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

आज १४ अक्टोबर। आजको दिन विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ केही महत्त्वपूर्ण घटना :

इजरेल र प्यालेस्टिनी नेतालाई नोबेल शान्ति पुरस्कार
सन् १९९४ मा नर्वेको नोबेल कमिटीले इजरेलका दुई जना र एक प्यालेस्टिनीलाई संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरेको थियो। इजरेली प्रधानमन्त्री इत्ज्याक रबिन र विदेश मन्त्री सिमोन पेरेज तथा प्यालेस्टिनी नेता यासेर अराफातलाई संयुक्त रूपमा सो पुरस्कार प्रदान गरिएको थियो। इजरेल र प्यालेस्टेनबीचको युद्ध अन्त्य गर्न उनीहरुले गरेको पहलस्वरुप सो पुरस्कार प्रदान गरिएको थियो।

बेलुनमा उडेर आन्द्र महासागर
सन् १८९४ मा अमेरिकी वायु सेनाका सदस्य जोसेप किटिंगर बेलुनमा उडेर आन्द्र महासागरको यात्रा सुरु गरेका थिए। चार दिनपछि उनी आन्द्र महासागर पार गरेका थिए। उनी चढेको बेलुनलाई ‘बेलुन अफ पिस’ नाम दिइएको छ।

आवाजभन्दा चाँडो उड्ने पहिलो चालक
सन् १९४७ मा अमेरिकी वायु फौज चालक चुक यिगरले ४५ हजार फिटको उचाइमा बेल एक्स–१ विमान तीव्र गतिमा उडाएका थिए। उनको विमान आवाजभन्दा चाँडो उडेको थियो।

खानी दुर्घटनामा ४४० बेलायतीको मृत्यु
सन् १९१३ मा बेलायतको वेल्सस्ति सेंगहेनयादमा एउटा खानीभित्र विस्फोट हुँदा ४४० बेलायतीको मृत्यु भएको थियो। सो विस्फोट बेलायतको इतिहासमै डरलाग्दा दुर्घटनाहरूमध्येको एक हो।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ९ : १५ बजे

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा