विश्व इतिहासमा आज : इजरेल र प्यालेस्टिनी नेतालाई नोबेल शान्ति पुरस्कार « Khabarhub

विश्व इतिहासमा आज : इजरेल र प्यालेस्टिनी नेतालाई नोबेल शान्ति पुरस्कार


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

आज १४ अक्टोबर। आजको दिन विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ केही महत्त्वपूर्ण घटना :

इजरेल र प्यालेस्टिनी नेतालाई नोबेल शान्ति पुरस्कार
सन् १९९४ मा नर्वेको नोबेल कमिटीले इजरेलका दुई जना र एक प्यालेस्टिनीलाई संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरेको थियो। इजरेली प्रधानमन्त्री इत्ज्याक रबिन र विदेश मन्त्री सिमोन पेरेज तथा प्यालेस्टिनी नेता यासेर अराफातलाई संयुक्त रूपमा सो पुरस्कार प्रदान गरिएको थियो। इजरेल र प्यालेस्टेनबीचको युद्ध अन्त्य गर्न उनीहरुले गरेको पहलस्वरुप सो पुरस्कार प्रदान गरिएको थियो।

बेलुनमा उडेर आन्द्र महासागर
सन् १८९४ मा अमेरिकी वायु सेनाका सदस्य जोसेप किटिंगर बेलुनमा उडेर आन्द्र महासागरको यात्रा सुरु गरेका थिए। चार दिनपछि उनी आन्द्र महासागर पार गरेका थिए। उनी चढेको बेलुनलाई ‘बेलुन अफ पिस’ नाम दिइएको छ।

आवाजभन्दा चाँडो उड्ने पहिलो चालक
सन् १९४७ मा अमेरिकी वायु फौज चालक चुक यिगरले ४५ हजार फिटको उचाइमा बेल एक्स–१ विमान तीव्र गतिमा उडाएका थिए। उनको विमान आवाजभन्दा चाँडो उडेको थियो।

खानी दुर्घटनामा ४४० बेलायतीको मृत्यु
सन् १९१३ मा बेलायतको वेल्सस्ति सेंगहेनयादमा एउटा खानीभित्र विस्फोट हुँदा ४४० बेलायतीको मृत्यु भएको थियो। सो विस्फोट बेलायतको इतिहासमै डरलाग्दा दुर्घटनाहरूमध्येको एक हो।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ९ : १५ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती