धनकुटा नेविसंघ सभापति पार्टीबाट निष्कासित « Khabarhub

धनकुटा नेविसंघ सभापति पार्टीबाट निष्कासित


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धनकुटा – नेपाली कांग्रेस धनकुटाले नेपाल विद्यार्थी संघका जिल्ला सभापति बालनन्द दाहाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ।

पार्टीको निर्देशन र अनुशासन विपरीत कार्य गरेको भन्दै नेविसंघ जिल्ला सभापतिलाई कारबाही गरेको जिल्ला सभापति दिनेश राईले जानकारी दिए। उनका अनुसार दाहालले प्रदेशसभा निर्वाचनका लागि जिल्लाको क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएको र आफ्नो उम्मेदवारी फिर्ता नलिएकाले साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारबाही गरिएको कांग्रेस जिल्ला सभापति राईले जानकारी दिए।

पार्टीको अनुशासन विपरीत गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाले दाहाललाई केन्द्रको निर्देशनअनुसार कारबाही गरिएको राईको भनाइ छ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ९ : ३३ बजे

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या