काठमाडौं उपत्यकामा एकै दिन ३६ सय सवारी चालक कारबाहीमा  « Khabarhub

काठमाडौं उपत्यकामा एकै दिन ३६ सय सवारी चालक कारबाहीमा 


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ६१७ जना सवारी चालकलाई कारबाही गरेको छ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ३३४ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १९४ जना, मदिरा पिएर सवारी साधन चलाउने १८१ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने १२३ जना र ढोका खुल्ला राखेर सवारी चलाउने १०१ जना सवारी चालक रहेका छन्।

सडक लेन उल्लङ्घन गर्ने ९५ जना, रातो बत्तीको उल्लघन गर्ने ६७ जना, एकतर्फी सडकमा सो विपरीत चलाउने ५८ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ४३ जना सवारी चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १० : ३५ बजे

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा