सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र | Khabarhub Khabarhub

सबैभन्दा बढीले उम्मेदवारी दिएका १० वटा निर्वाचन क्षेत्र


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम सूचि प्रकाशित गरिसकेको छ।

आयोगका अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा ठूलो संख्यामा उम्मेदवारी काठमाडौंको निर्वाचन क्षेत्र नं.१ मा परेको छ। यो क्षेत्रमा २२ जना पुरुष र १० जना महिला गरी कुल ३२ जनाले उम्मेदवारी दिएका छन्।

दोस्रो ठूलो संख्यामा उम्मेदवारी मोरङ निर्वाचन क्षेत्र नं.३, धनुषा निर्वाचन क्षेत्र नं.३ र काठमाडौं निर्वाचन क्षेत्र नं.४ मा परेको छ। यी तीनवटै क्षेत्रमा ३१–३१ जनाले उम्मेदवारी दिएका छन्।

मोरङ निर्वाचन क्षेत्र नं.३ मा २७ जना पुरुष र ४ जना महिला, धनुषा क्षेत्र नं.३ मा २५ जना पुरुष र ६ जना महिला र काठमाडौं क्षेत्र नं. ४ मा २९ जना पुरुष र २ जना महिलाको उम्मेदवारी परेको छ।

तेस्रो ठूलो संख्यामा उम्मेदवारी काठमाडौं प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा रहेको छ। यो क्षेत्रमा २५ जना पुरुष र ५ जना महिला गरी कुल ३० जनाको उम्मेदवारी परेको छ।

चौंथो ठूलो संख्यामा उम्मेदवारी धनुषा निर्वाचन क्षेत्र नं.४, काठमाडौं निर्वाचन क्षेत्र नं.५ र काठमाडौं निर्वाचन क्षेत्र नं.७ मा परेको छ। यी तीनवटै निर्वाचन क्षेत्रमा २९–२९ जनाले उम्मेदवारी दिएका छन्।

आयोगका अनुसार धनुषा निर्वाचन क्षेत्र नं.४ मा उम्मेदवारी दिने २९ जनाममा एक जना पनि महिला रहेका छैनन्। उम्मेदवारी दिनेहरुमा काठमाडौं निर्वाचन क्षेत्र नं.५ मा २५ जना पुरुष र ४ जना महिला र काठमाडौं निर्वाचन क्षेत्र नंं७ मा २४ जना पुरुष र ५ जना महिला छन्।

पाँचौ ठूलो संख्यामा उम्मेदवारी सुनसरी निर्वाचन क्षेत्र नं.२ मा परेको छ। यो क्षेत्रमा २५ जना पुरुष र २ जना महिला गरी २७ जनाले उम्मेदवारी दिएका छन्।

छैठौं ठूलो संख्यामा उम्मेदवारी भक्तपुरको निर्वाचन क्षेत्र नं.२ मा परेको छ। यो क्षेत्रमा २० जना पुरुष र ६ जना महिला गरी कुल २६ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसा सबैभन्दा ठूलो संख्यामा उम्मेदवारी पर्ने १० निर्वाचन क्षेत्रमा काठमाडौंको निर्वाचन क्षेत्र नं.१, मोरङ निर्वाचन क्षेत्र नं.३, धनुषा निर्वाचन क्षेत्र नं.३, काठमाडौं निर्वाचन क्षेत्र नं.४, काठमाडौं निर्वाचन क्षेत्र नं.२, धनुषा निर्वाचन क्षेत्र नं.४, काठमाडौं निर्वाचन क्षेत्र नं.५, काठमाडौं निर्वाचन क्षेत्र नं.७, सुनसरी निर्वाचन क्षेत्र नं.२ र भक्तपुरको निर्वाचन क्षेत्र नं.२ रहेका छन्।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ११ : ३१ बजे

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’