‘सुनकोसी मरिण डाइभर्सन आयोजनाले राष्ट्रको समृद्धिको सपना पूरा गर्छ’ « Khabarhub

‘सुनकोसी मरिण डाइभर्सन आयोजनाले राष्ट्रको समृद्धिको सपना पूरा गर्छ’


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले राष्ट्रको समृद्धिको सपना पूरा गर्ने बताएका छन् । आयोजनास्थलको आज निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस आयोजना निर्माण सम्पन्न भएपछि खाद्यान्न उत्पादन बढ्ने छ भने। उनले भने ‘नेपालमा हाल साढे तीन खर्बको खाद्यान्न आयात हुन्छ, खाद्यान्न आयातमा विदेश जाने पैसा नेपालमा नै रहन्छ, त्यो पनि यहीँका किसानको हातमा पैसा बस्छ ।’ 

मन्त्री भुसालले आयोजना निर्माणपछि स्थानीयस्तरमा नै रोजगार सिर्जना हुने, खाद्यान्नको नाममा विदेश जाने पैसा बचत हुने र नागरिकको आर्थिक अवस्थामा पनि सकारात्मक सुधार ल्याउने बताए । सो आयोजना भौतिक पूर्वाधारले मात्र नभएर आर्थिक विकासले पनि अति महत्वपूर्ण मानिएको छ ।  सुनकोसीको पानी मरिणमा खसाली हालको बागमती सिँचाइ आयोजनाको संरचनामार्फत तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लको करिब १ लाख २२ हजार हेक्टर जमिनमा आयोजना मार्फत सिंचाइको सहज पहुँच पुर्‍याउन सकिने छ । साथै ३१.०७ मेगावाट क्षमताको जलविद्युत उत्पादन हुने छ ।

बागमती प्रदेशको जलस्रोतलाई मधेश प्रदेश पुर्‍याएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने उनको दाबी छ । यस वर्ष सरकारले राष्ट्रिय गौरवको यो आयोजनाका लागि दुई अर्ब ७० करोड बजेट विनियोजन गरेको छ । सुनकोसी-मरिन डाइभर्सन आयोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टिबीएम) बाट सुरुङ खन्न सुरु गरेको आयोजना प्रमुख मित्र बरालले बताए । सो मेसिनले आउँदो २२ महिनामा १३.३ किलोमिटर सुरुङ खन्ने कार्यसम्पन्न हुने बताए । सुरुङ खन्ने क्रममा भौगर्भिक रुपमा कुनै समस्या नआए समय तालिका भित्रै सुरुङ खन्ने काम सकिने उनको भनाइ छ ।

आयोजनाको निरीक्षणमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागर कुमार राई, सह-सचिव बाबुराम भण्डारी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, उप-महानिर्देशक रुकमागत खनाल सहितको टोलीले निरीक्षण गरेको थियो ।

विसं २०७७ फागुन २० गते सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास भएको थियो । सुनकोसी गाउँपालिका ७ कानढुङग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीमा डाइभर्सनको संरचना निर्माण गरी सुनकोसी नदीका करिब ६७ क्युमेक पानीलाई १३.३ किलोमिटर लम्बाइको सुरुङमार्फत कमलामाई नगरपालिका– २ कुसुमटारस्थित मरिण खोलामा पानी खसाल्ने योजना रहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १ : ३९ बजे

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका