एमाले सुदुपश्चिमद्धारा पाँच बागी उम्मेदवार कारवाहीमा « Khabarhub

एमाले सुदुपश्चिमद्धारा पाँच बागी उम्मेदवार कारवाहीमा


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमाले सुदूरपश्चिम कमिटीले पार्टीले टिकट दिएका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदीसहितका पाँच नेतालाई साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेको प्रेस विज्ञप्तिमार्फत जनाईएको छ ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले जारी गरेको विज्ञप्ति अनुसार प्रदेश कमिटी सदस्य हमाल र सुवेदीसहित केन्द्रीय सल्लाहकार परिषद्का सदस्य भक्तबहादुर अधिकारी, राष्ट्रिय मुक्ति समाजका केन्द्रीय सदस्य विजयसिंह मयाल र टेकबहादुर साउँदलाई केन्द्रीय निर्देशनअनुसार सम्बन्धित कमिटीले पार्टीबाट निष्कासन गरेको हो।

प्रदेश समिति सदस्य सुवेदीले कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १, अधिकारीले क्षेत्र नम्बर १ को प्रदेशसभा (१), हमालले कञ्चनपुर २ को प्रदेशसभा ९१० साउँदले कञ्चनपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (२)मयालले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  २ : ३९ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै