अपहरण गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ « Khabarhub

अपहरण गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मोरङ– सिरहा गोलबजार नगरपालिका–३ बस्ने १७ वर्षीय अंशु सदाको अपहरण गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा कमला नगरपालिका–६ बस्ने १९ वर्षीय राकेश ठाकुर, मोरङ रतुवामाई नगरपालिका–५ बस्ने २६ वर्षीय मनोज कार्की र धनुषा कमला नगरपालिका–६ बस्ने १८ वर्षीय किशोर रहेका छन् । 

अपहरण पश्चात फिरौतीको रकम लिन विराटनगर महानगरपालिका–९ माछापुच्छ्रे बैंक पुगेका ती १८ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । अंशुको हत्या गरी विराटनगर महानगरपालिका–११ स्थित गेष्ट हाउसको कोठामा लोबेडभित्र तन्नामा पोको पारी शव राखेको थप अनुसन्धानको क्रममा खुल्न आएपछि घटनामा संलग्न राकेश र मनोजलाई समेत प्रहरीले पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ५ : ०० बजे

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई

आईसीसी विश्वकप क्रिकेट लिग–२ : क्यानडाले बलिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा अहिले नेपालले र क्यानडा

चाडपर्व मनाउन फर्किनेको भीड, नाकामै डेंगु, एचआइभीलगायत छ रोगको जाँच गरिँदै

कञ्चनपुर– दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका