काठमाडौँ – आधुनिकतासँगै आएको जीवनशैलीको परिवर्तनले उच्च रक्तचाप जस्तो समस्या पनि बढेको छ। हामीमा व्याप्त उच्च रक्तचापसम्बन्धी चेतनाको कमीले अझै यसलाई बढी प्राणघातक बनाएको छ। हामी अधिकांशले भनेको सुन्छौ, उच्च रक्तचाप हुने बित्तिकै जीवनभर औषधि खानुपर्छ भनेर। तर अरू केही कुरामा ध्यान दिएमा औषधिको मात्र भर पर्नु पर्दैन। उच्च रक्तचापलाई अंग्रेजीमा ’हाई ब्लड प्रेसर’, ’हाइपर टेन्सन’ पनि भनिन्छ।
उच्च रक्तचाप भनेको यस्तो अवस्था हो, जसमा रगतको प्रवाह हुने रक्तनलीहरुमा चाप बढी हुने गर्छ। यसले गर्दा रक्तनलीहरूमा क्षति पुग्छ र ती रक्तनलीहरू बन्द हुने सम्भावना बढाउँछ। अधिकांश बिरामीलाई बढ्दो उमेरसँगै उच्च रक्तचापको समस्या हुने गर्छ।
केही अन्य समस्या भएमा उच्च रक्तचाप कम उमेरमै देखिन थाल्छ, यसको कारण अरु नै हुन सक्छ। मिर्गौला सम्बन्धी रोग, हर्मोनको गडबढ वा लामो समयसम्म स्टेरोइड जस्ता औषधीको सेवनले पनि उच्च रक्तचाप हुन सक्छ।
युवापुस्तामा उच्च रक्तचाप बढ्नुको कारण
युवापुस्तामा रक्तचाप बढ्नुको मुख्य कारण बदलिँदो परिस्थिति र जीवनशैली हो। अहिले अवेरनेस भएकाले पनि समयमै जाँच गरेको पाइन्छ। टाउको दुख्ने, रिँगटा लाग्ने लक्षण देख्नसाथ के भयो भनेर नजिकको स्वास्थ्य संस्थामा गएर जाँच गर्दा ब्लड प्रेसर बढेको पाइन्छ।
धेरै युवाहरू विभिन्न तनाव लिन्छ। तनावले ब्लड प्रेसर बढाउने गर्छ। हेल्दी खाना भन्दा जंक फुड धेरै खाने, चुरोट, जाँडरक्सीको सेवनले गर्नाले युवापुस्तामा गर्दा ब्लड प्रेसर बढिरहेको पाइन्छ।
जाँडरक्सीको सेवनले समस्या झन् बढ्दै
आजभोलिको युवापुस्ताले तनाव घटाउन, रमाइलो गर्न भन्दै जाँडरक्सीको सेवन गरेको पाइन्छ। कम उमेरमै चुरोट, जाँडरक्सीको सेवन गर्ने प्रवृत्तिले विभिन्न समस्या देखा परिरहेको छ।
शारीरिक कसरत हुने काम भन्दा बसेर धेरै काम गर्न लाग्यौ। कहिँ कतै जानुपरे पनि हिँड्नुको साटो गाडी चढेर हिँड्ने गर्नाले शारीरिक कसरतको कमी हुँदा ब्लड प्रेसर बढ्दै गइरहेको छ।
उच्च रक्तचाप वंशाणुगत
कसैलाई टाउको दुख्ने, रिँगटा लाग्ने, पाल्पीटेसन हुने, श्वास लिन गाह्रो भयो भनेर जाँच गर्न आउने एकदमै कम हुनुहुन्छ। अरु कुनै जाँच गर्दा ब्लड प्रेसर भएको थाहा हुन्छ , तर यसको लक्षण कम देखिन्छ।
घरमा भएका अरु सदस्यलाई छ भने आफूलाई हुन सक्छ भनेर अवेरनेस हुनुपर्छ। ब्लड प्रेसर जेनेटीकल्ली पनि हुने गर्छ। यदि तनाव लिने बानी छ भने झन् छिटै हुने गर्छ।
उच्च रक्तचाप हुँदा ब्रेन ह्यामरेज हुने सम्भावना बढी
सानो उमेरमै हाई ब्लड प्रेसर छ भने ब्रेन हयामरेज भएर डेथ हुन सक्छ। हाई ब्लड प्रेसर हुदाँ ब्रेनको सानो नशाहरु फुट्न सक्छ। सधैँ हाई ब्लड प्रेसरले मात्र हुन्छ भन्ने हुँदैन।
हाई ब्लड प्रेसर छ र समयमै उपचार गरिएन ब्लड भेसेलहरु फुटेर भने ब्रेन हयामरेजीक स्ट्रोक आएर प्यारालायसिस हुन्छ।
युवा उमेरमै हार्टअट्याक हुने, मुटुको चालमा गडबडी आउने, हार्ट फेल हुने हुन्छ। लामो समयसम्म उपचार नगर्दा कतिपय व्यक्तिलाई किड्नी समेत ड्यामेज हुन सक्छ।
सुगर, थाइराइड, कोलस्ट्रोल बढी छ भने ब्लड प्रेसर बढ्न सक्छ। यी समस्याको समाधान गरियो भन ब्लड प्रेसर पनि कम हुन्छ।
औषधी आफूखुसी छोड्नुहुँदैन
उच्च रक्तचापको औषधी ५, ६ ग्रुपको हुन्छ। हामीले पेसेन्टलाई औषधी खाएपछि निरन्तर खाइरहनुपर्छ आफूखुसी छोड्नुहुँदैन भनेर सल्लाह दिन्छौ।
औषधीले मात्र यो समस्याको समाधान हुँदैन। हामीले आफ्नो जीवनशैलीनै परिवर्तन गर्नुपर्छ। यदि जीवनशैली परिवर्तन गरियो भने ब्लड प्रेसर पनि घट्दै जान्छ। यस्तो अवस्थामा डाक्टरको सल्लाह लिएर औषधी छोड्न सकिन्छ।
उच्च रक्तचाप हुँदा नुन खानुहुँदैन भन्ने गलत
नुनले प्रेसर बढाउँछ तर नखाँदैमा प्रेसरको औषधी खान पर्दैन भन्ने हुँदैन। हाम्रो शरीरलाई नुनको आवश्यकता पर्छ। नुनिलो खानेकुरालाई कम गर्ने हो तर खादै नखाने गर्नु हुँदैन।
प्रोसेस्ड गरिएको खानेकुरामा धेरै नुन हुन्छ, यस्ता खानेकुरा कम खानुपर्छ। पहिले बनाएर राखिएको अचार, ब्रेडहरु कम खान सकिन्छ। बदाम, पिस्ता नरिवल खाँदा मुटुलाई राम्रो हुन्छ।
समस्या आउन नदिन के गर्ने ?
आफ्नो जीवनशैली व्यवस्थित गर्नुपर्छ। वंशाणुगत आउने रोग छन् भने पहिले नै कन्सियस हुनुपर्छ। शारीरिक कसरत गर्ने, मेटाबोलीज्म बढाउने गर्नुपर्छ।
उच्च रक्तचाप छ भने त्यही अनुसारको चिकित्सकको सल्लाह लिएर औषधी सेवन गर्नुपर्छ।
प्रतिक्रिया