चिसोमा जटिल निमोनियाले बिरामीको मृत्यु हुनसक्छ « Khabarhub

चिसोमा जटिल निमोनियाले बिरामीको मृत्यु हुनसक्छ


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरस संक्रमणका प्रारम्भिक लक्षण तथा सामान्य रुघा खोकी वा मौसमी फ्लु भएर पनि अहिले उस्तै उस्तै लक्षण देखा पर्ने भएर धेरै जना अलमलिएका छन्। खासमा आफूलाई के भएको हो ? भनेर कसरी जान्ने भन्ने विषयमा आधारित भएर जनरल फिजिसियन डा. रक्षा गौतमसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

चिसो बढेसँगै सामान्य रुघाखोकी, मौसमी फ्लु बढेको छ, यसबाट कसरी बच्ने ?
धेरै मान्छेमा आफूलाई सामान्य रुघा खोकी, मौसमी फ्लु वा कोरोना के के भएको भनेर अलमलमा हुनुहुन्छ। किनभने सबैको लक्षण मिल्न जान्छन्। यो तीन वटा समस्या चिसोले गर्दा मात्र हुने होइन, चिसो र सुख्खा मौसममा भाइरस बढी बाँच्न सक्ने भएर यो रोग द्रुत गतिमा फैलिन्छ। यो राइनो भाइरसले गर्दा हुन्छ। ५०० भन्दा पनि बढी भाइरसले गर्दा यो समस्या हुने हो। नेपालमा २०१६ मा मौसमी फ्लुको अध्ययन भएको थियो। त्यो अध्ययनमा पुस माघ महिनामा र असार साउनमा गरेर वर्षमा दुई पटक हुन्छ। किनभने यो महिनामा सुख्खा र चिसो बढी हुने पुस माघमा जाडो हुने र असार साउनमा पानी पर्ने र चिसो हुने हुँदा भाइरसको संक्रमण द्रुत गतिमा फैलिने भएको कारणले यसलाई मौसमी फ्लु भनिएको हो। त्यसैले मौसमी फ्लु भन्दैमा मौसम परिवर्तनसँग सम्बन्धित छैन भनेर बुझ्नु पर्यो। यो इन्फ्लुन्जाले गर्दा हुन्छ। कमन कोल्ड भनेको वर्ष भरी जुन समयमा पनि हुनसक्छ। कोभिड भनेको त भाइरसले नै हुने हो। लक्षणको आधारले यो के हो भनेर बिरामीले थाहा पाउने भनेको ज्वरोले नै हो। ज्वरो छैन भने प्राय फ्लु वा कोभिड नभएको सम्भावना हुन्छ। तर, पनि ओपीडीमा जाँच गर्नु आवश्यक हुन्छ।

कस्ताकस्ता लक्षण देखा पर्दा घरमा नै बस्ने र कस्तो लक्षण देखिएमा अस्पताल जाने ?
सबै भन्दा पहिला कोभिडको भ्याक्सिन लगाउने, भ्याक्सिन लगाएपछि संक्रमण हुँदैन भनेर ढुक्क नहुने हुनसक्छ। कोभिड र फ्लुले गार्हो हुने भनेको निमोनिया हुन्छ। कसैले पनि यो सामान्य हो। म सहन सक्छु भनेर नबस्ने, श्वासप्रश्वासमा समस्या आउँदा धेरै नै गार्हो भइसकेको हुन्छ। फ्लु जस्तै लक्षण भएको छ। ४ देखि ५ दिनसम्म ज्वरो कम भएको छैन स्वाद छैन, कोही दीर्घरोगी हुनुहुन्छ र भ्याक्सिन पनि लगाएको छैन भने त अक्सिजनको मात्र हेरेर ९४ भन्दा तल झरेको छ भने तुरुन्त परामर्श लिनु होला भन्न चाहन्छु।

समयमा अस्पताल गएन भने पछि कस्तो जोखिम निम्तिन सक्छ ?
पहिला ज्वरो आएर निको हुन्छ र पछि फेरि ज्वरो आयो भनेर हाम्रोमा धेरै बिरामी आउनु हुन्छ। हामीले अक्सिजनको मात्रा हेर्दा घटेर ४० पुगिसकेको हुन्छ। तर, पनि बिरामी हिँडेर नै आउनु हुन्छ। त्यसैले बिरामी सिरियस भएर निमोनिया भइसकेको हुन्छ। तर, थाहा पाएको हुँदैन। त्यस्तो अवस्थामा आएको बिरामीलाई हामीले अक्सिजन दिएर हुन्छ कि, भेन्टिलेटरमा राखेर हुन्छ कि, हामीले प्रयास गर्छौ। अस्पताल गएपछि निको हुन्छ भन्ने सबैको धारणा हुन्छ तर, जटिल निमोनिया भएपछि हाम्रो हातमा केही पनि छैन। बिरामीको मृत्यु पनि हुनसक्छ। त्यसैले समयमा नै अस्पताल आएर परामर्श लिनु होला भन्न चाहन्छु।

यस्तो समस्या नदेखियोस् भनेर हामीले पहिला नै के–के कुरामा ध्यान दिन सक्छौँ ?
कुनै पनि भाइरसबाट सर्ने रोगबाट बच्च हात धोइरहने गर्नुपर्छ। सफा रहने, कमन कोल्डको भ्याक्सिन हुँदैन, मौसमी रुघाखोकीको फ्लुको चाहिँ भ्याक्सिन हुन्छ। हामीले भदौ र असोजमा बिरामीलाई वर्षमा एक भ्याक्सिन लगाउनुहोस् भन्छौँ। यो लगाएर कुनै समस्या आउँदैन भन्ने हुँदैन तर, ज्यानै गुमाउनु पर्ने अवस्था हुँदैन। कोभिडको पनि भ्याक्सिन लाउने, हात धोइराख्ने, सामाजिक दूरी कायम गर्ने, रोगको विषयमा आत्तिने र मात्तिने गर्नु हुँदैन।

इन्फ्लुन्जाको भ्याक्सिन नेपालको सबै ठाउँमा छ त ?
इन्फ्लुन्जा भ्याक्सिन यो नेपालको सबै ठाउँमा छ, यो लगाएर यान्टिबडी बन्न समय लाग्छ र यो भदौ असोजमा लगाइन्छ। यो धेरै महंगो छैन सबैले लगाउन सकिन्छ। ६ महिना भन्दा माथिका बालबालिका र गर्भवती महिलामा पनि यो सुरक्षित छ। यसको मूल्य १५०० सम्म पर्न सक्छ। जुनसुकै उमेर समूहले लाउँदा हुन्छ।

यी रोगहरू बारे थप केही भन्नु हुन्छ कि ?
यी रोग भाइरसको कारणले हुने हुँदा कुन रोग हो भनेर चिन्न गार्हो हुन्छ। मौसमी रुघाखोकी मौसम परिवर्तन र चिसोले हुने भन्ने कुरा एकदम मिथ हो। कमन कोल्ड र कोभिडमा यान्टिबायोटिकको प्रयोग गरेर काम छैन।जाँच नगरी कुनै यान्टिबायोटिक प्रयोग गर्नु हुँदैन। बच्नका लागि नियमित खोप भने लगाउनै पर्छ। प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ७ : १५ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच