साउदीमा नेपालीलाई राहदानी बनाउन प्रि-इनरोलमेन्ट अनिवार्य | Khabarhub Khabarhub

साउदीमा नेपालीलाई राहदानी बनाउन प्रि-इनरोलमेन्ट अनिवार्य


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दोहा – साउदी अरबमा रहेका नेपालीलाई राहदानी बनाउन प्रि–इनरोलमेन्ट अनिवार्य गरिएको छ।  रियादस्थित नेपाली दूतावासका अनुसार राहदानी नवीकरणको लागि अनिवार्यरूपमा अनलाइन फाराम भर्नुपर्ने छ।

‘अनलाइन फाराम भर्दा केही त्रुटिहरू भएको पाइएको छ। त्यसलाई सुधार गर्नुपर्ने खाँचो देखियो। राहदानी र नागरिकताको राम्रो क्वालिटी स्क्यान गरेर मात्रै अपलोड गर्नुहोला। आफ्नो नाम र थर लेख्दा ठिकसँग लेख्नुहोस् र आफ्नो स्थानीय निकायको नाम र वडा नं सही लेख्नुहोस्। अरू विवरणमा पनि कुनै त्रुटि हुन नदिनुहोस्।’ दूतावासले प्रकाशन गरेको सूचनामा भनिएको छ।

अनलाइन फाराम भरिसकेपछि त्यसलाई प्रिन्ट गरेर अन्य आवश्यक कागजातसँगै लिएर आउन भनिएको छ।  राहदानी नवीकरणको लागि अनलाइन फाराम आफैँ भर्ने वा आफ्नो कम्पनीको सहयोग लिएर भर्ने वा आफ्ना साथीभाइ/अन्य कसैको सहयोग लिएर भर्ने वा नेपालमा रहेका आफ्ना साथीभाइ वा परिवारको मदत लिएर भर्ने वा अरू कसैलाई लगाएर भराउन सकिने दूतावासले जनाएको छ।

अनलाइन फाराम नभरीकन वा प्रि-इनरोलमेन्ट नगरी आउने सेवाग्राहीको राहदानी नवीकरण आवेदन लिन दूतावास बाध्य नहुने जनाएको छ। यो नियम लागू भए दूतावासको अहिले कै श्रोत साधनले अहिले भन्दा छिटो र धेरै सेवाग्राहीलाई सेवा दिन सकिने जनाइएको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ७ : ०७ बजे

तेस्रो लगानी सम्मेलन आजदेखि, १५० परियोजना प्रस्तुत गरिने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । सम्मेलनको

सात जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने

काठमाडौँ– सरकारले आजदेखि सात वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदै

हमासले गर्यो दुई बन्दी जीवित रहेको भिडियो सार्वजनिक

जेरुसेलम – थप दुई बन्दीहरू जीवित रहेको प्रमाण स्वरूप हमासले

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु