कमल थापाले भारतले लगाएको नाकाबन्दी सम्झँदै गरे ओलीको प्रशंसा « Khabarhub

कमल थापाले भारतले लगाएको नाकाबन्दी सम्झँदै गरे ओलीको प्रशंसा


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेका गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा आज भारतले लगाएको नाकाबन्दीको स्मरण गर्दै उनले गठबन्धन सरकारभन्दा ओली नेतृत्वको सरकार देश हितमा हुने दाबी समेत गरेका छन्।

‘कसैलाई तितो लाग्ला तर, भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरू भन्दा त्यसको विरुद्ध डटेर लड्ने, विदेशीले कव्जागरेको लिम्पियाधुरा बिर्सने नेताहरू भन्दा चुच्चे नक्सा बनाउने केपी शर्मा ओली र विदेशीको प्रेरणामा बनेको गठबन्धन भन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ,’ थापाले ट्विटरमा लेखेका छन्।

राप्रपा नेपालका अध्यक्ष थापा मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्ह लिई निर्वाचनको मैदानमा उत्रेका छन्।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : १३ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी