बटलरको पहिलो कप्तानीमै विश्वकप उपाधि | Khabarhub Khabarhub

बटलरको पहिलो कप्तानीमै विश्वकप उपाधि

बेन स्टोक्ससँगै उदाएका सुपरस्टार साम कुरान


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इयोन मोर्गनले संन्यास लिएपछि इंग्ल्याण्ड क्रिकेट बोर्डले जोश बटलरलाई कप्तानी दियो। त्यतिबेला धेरैले यसलाई आश्चर्यजनक निर्णय मानेका थिए। मोर्गन फर्ममा नभएपछि उनले संन्यास लिँदै कप्तानीसमेत छाडेका थिए।

सन् २०१९ को एकदिवसीय विश्वकप जितेको झण्डै दुई वर्षपछि मोर्गनले कप्तानी छाडेका हुन्। विश्वकै अब्बल कप्तानमा पर्ने मोर्गन इंग्ल्याण्डको आधुनिक क्रिकेटमा चिनिएका नाम थिए। तर त्यसअघि जोय रुटले टेस्ट टिमको कप्तानी छाडेपछि बेन स्टोक्सले त्यो जिम्मेवारी सम्हालेका थिए।

स्टोक्स टेस्टमा मात्रै होइन एकदिवसीय र टी–ट्वान्टीमा पनि त्यत्तिकै शक्तिशाली खेलाडी हुन्। जसले सन् २०१९ को विश्वकप इंग्ल्याण्डले जित्नुमा नायकको भूमिका खेलेका थिए। उनले जसरी खेलको अन्त्य गर्छन्, त्यो विश्वका निकै कम खेलाडीले प्रमाणित गर्छन्।

टेस्ट टिमपछि स्टोक्सले सीमित ओभरको खेलको पनि कप्तानी गर्न सक्ने अनुमान थियो। किनभने मोर्गनपछि क्षमता र अब्बलताका हिसाबले स्टोक्स फिट थिए। तर इंग्ल्याण्ड क्रिकेट बोर्डले सीमित ओभरको कप्तानी बटलरको हातमा राखिदियो।

बटलरले टिमलाई सेमिफाइनल जिताएर पनि फाइनलमा इंग्ल्याण्डलाई दोस्रोपटक टी–ट्वान्टी विश्वकपको उपाधि दिलाएका छन्।

यसले उनलाई धेरै चुनौती थप्यो। त्यसलाई उनले स्वीकार गरेर देखाए पनि। एकदमै सरल रुपमा विस्फोटक ब्याट चलाउन सक्ने बटलर राम्रो विकेटकिपर पनि हुन्। सन् २०१९ को एकदिवसीय विश्वकपमा पनि बटलरले विश्वकै उत्कृष्ट विकेटकिपरको भूमिका निर्वाह गरेका थिए।

अष्ट्रेलियामा विश्वकप सुरु हुनुअघि च्याम्पियन बन्न सक्ने टोलीको नाममा इंग्ल्याण्ड थिएन। अनि उत्कृष्ट कप्तानका रुपमा पनि बटलर अटाएका थिएनन्। धेरैले न्युजिल्याण्ड, अष्ट्रेलिया वा भारत विश्वकपको फाइनल पुगेर उपाधि जित्न सक्ने अनुमान गरेका थिए।

थर सोचेजस्तो हुँदैन। भएन पनि। समूह चरणमा औषत प्रदर्शन गरेको इंग्ल्याण्डले सेमिफाइनलमा अविश्वसनीय प्रदर्शन गर्‍यो। त्यो पनि कप्तानका हिसाबले बटलर आफैँले। सेमिफाइनलमा भारतलाई १० विकेटले हराउनुमा कप्तान बटलरको ठूलो भूमिका छ।

समूह चरणमा समेत कहिल्यै नदेखिएको ब्याटिङ उनले यसपटकको विश्वकप सेमिफाइनलमा देखाए। पानी परेका कारण आयरल्याण्डसँग हारेको इंग्ल्याण्ड सेमिफाइनल पुग्नेमै आशंका थियो। तर बटलरले टिमलाई सेमिफाइनल जिताएर पनि फाइनलमा इंग्ल्याण्डलाई दोस्रोपटक टी–ट्वान्टी विश्वकपको उपाधि दिलाएका छन्।

कप्तान बनेको छोटो समयमै उनले टिमका लागि उपाधि दिलाउनु आफैँमा ठूलो उपलब्धि हो। उनले गएको आईपीएलमा सनसनी प्रदर्शन गरेका थिए। राजस्थान रोयल्सका लागि उनले लगातार चार शतक बनाएर आफूलाई टी–ट्वान्टीको अब्बल ब्याटरका रुपमा प्रमाणित गरेका थिए।

अब कम्तीमा दुई वर्ष इंग्ल्याण्ड एकदिवसीय र टी–ट्वान्टी विश्वविजेताका रुपमा चिनिनेछ।

उपाधि हार्दिक पाण्ड्याको टिम गुजरातले जिते पनि बटलरले आईपीएल सिजनभर उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यो क्षमता, त्यो सीप र त्यो आक्रामक ब्याटिङ अहिले बटलरले देशको उपाधि जित्नमा खर्चिएका छन्। जुन आफैँमा ठूलो अनुभव हो।

बटलरसँगै यो विश्वकपमा बेन स्टोक्स फेरि एकपटक ‘हिरो’ साबित भए। पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याउने क्रममा ओपनर एलेक्स र कप्तान बटलर सस्तैमा आउट भएका थिए। त्यसपछि आएका फिल सास्ट, ह्यारी बुक सस्तैमा आउट हुँदा स्टोक्सले अविजित अर्धशतक पूरा गर्दै इंग्ल्याण्डलाई च्याम्पियन बनाएका थिए।

सन् २०१६ को विश्वकप फाइनल स्टोक्सकै कारण इंग्ल्याण्डले हारेको थियो। तर स्टोक्सले सन् २०१९ को एकदिवसीय र सन् २०२२ को टी–ट्वान्टी विश्वकप जिताएर आफूलाई इंग्ल्याण्डको इतिहासमा सुपरस्टार क्रिकेटरका रुपमा इतिहास लेखेका छन्।

यो प्रतियोगितामा साम कुरान उत्कृष्ट क्रिकेटरका रुपमा सम्मानित भए। फाइनलमा उनले पाकिस्तानी ब्याटरलाई रोक्न ४ ओभरमा १२ रन दिएर ३ विकेट लिएका थिए। त्यससँगै उनले अरु खेलमा पनि अब्बल खेलेका थिए। ब्याट र बल दुवै चलाउन सक्ने कुरान इंग्ल्याण्डका उदीयमान खेलाडी हुँदै विश्व क्रिकेटकै सुपरस्टारका रुपमा चिनिएका छन्।

अब कम्तीमा दुई वर्ष इंग्ल्याण्ड एकदिवसीय र टी–ट्वान्टी विश्वविजेताका रुपमा चिनिनेछ। यसको लागि जति श्रेय हिजोका दिनमा इयोन मोर्गनलाई जान्थ्यो, त्यति नै श्रेय अब बटलरलाई जाने पक्का छ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १० : ३५ बजे

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले