ब्राउन सुगरसहित दुई जना पक्राउ « Khabarhub

ब्राउन सुगरसहित दुई जना पक्राउ


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सिराहा – सिराहामा प्रतिबन्धित लागूपदार्थ ब्राउन सुगरसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनगढीमाई नगरपालिका ५ तेतिसबिघा सडकबाट १० ग्राम ९ सय २० मिलिग्राम अवैध लागूपदार्थ ब्राउन सुगरसहित धनगढीमाई नपा १३ का २२ वर्षीय बलराम यादव र १८ वर्षीय हरिनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

स. ८ प २२९९ नम्बरको मोटरसाइकलमा दक्षिणबाट उत्तरतर्फ आइरहेका बेला इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट २९ हजार नगदसहित ब्राउन सुगर जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी सुवाश बुढाथोकीले जानकारी दिए।

पक्राउ परेका उनीहरुलाई आजै जिल्ला अदालत सिराहाबाट लागूऔषध कारोबार मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ११ : ०५ बजे

एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोडभन्दा बढीको दावी भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले देशभरका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान