आगामी निर्वाचन : पुरानै एजेन्डामा मत माग्दै उम्मेदवार « Khabarhub

आगामी निर्वाचन : पुरानै एजेन्डामा मत माग्दै उम्मेदवार


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन- आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै बागलुङमा उम्मेदवारले आफ्ना घोषणापत्र तथा प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उम्मेदवार घोषणापत्र बोकेरै मतदातासाग भोट माग्न सहरदेखि गाउँ बस्तीमा पुगेका छन् । मतदाता रिझाउन उनीहरूले घोषणापत्रमा महत्वकाङ्क्षी र परम्परागत कार्यक्रमलाई बढी जोड दिएको पाइन्छ । 

मतदाता रिझाउन घोषणापत्र लिएर गाउँगाउँमा पुगेका उम्मेदवारले नयाँ एजेण्डा देखाउन सकेका छैनन् । पुरानै एजेण्डा समेटिएको घोषणापत्रले मतदातालाई विश्वास दिलाउन सकेको छैन । स्थानीय टीकाराम शर्माले अहिलेसम्म उम्मेदवारले सार्वजनिक गरेका घोषणापत्रमा मतदाता झुक्याउने र भोट फुत्काउनेबाहेक अरु एजेण्डा समावेश नभएको बताए ।  

शर्माले भने, ‘मैले सबै दलका उम्मेदवारको घोषणापत्र हेरे, पढेँ, तर कुनै पनि नयाँ योजना पाइन, सबै पुराना योजना समेटेका छन्, घोषणापत्रमा वर्षौंदेखि काम हुन नसकेका योजना पनि राखेको देखियो, यो सबै मतदाता झुक्याउने मात्रै भयो, पहिलेको एजेण्डा जे थियो अहिले पनि त्यही छ, यो त सिधै मतदाता झुक्याउने उपाय भयो नि, यहाँ शिक्षा, स्वास्थ्यको अवस्था निकै दयनीय छ, एजेण्डा भने ठूलाठूला मात्रै छन्, पहिला साना काम गरे पो जनताले पनि पत्याउँछन् ।’

शर्माले जनताले गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगार चाहेको भन्दै यस्ता विषयलाई कम प्राथमिकता दिएको बताए । उम्मेदवारले ल्याएका चुनावी एजेण्डामा नयाँपन पटक्कै नदेखिनुले सबै उम्मेदवार परम्परागत मात्रै रहेछन् भन्ने देखाएको उनको भनाइ छ । चुनावी एजेण्डा सबै दलका एउटै रहेको भन्दै ती योजनासमेत पुरा नगर्ने उनले बताए।

‘अहिलेका घोषणापत्रमा एउटा पनि नयाँपन छैन, सबै पुराना छन्, अघिल्लो पटक भोट माग्न आउँदा पनि यही सुनाउँथे, अहिले पनि यही सुनाउँछन्’, उनले भने, ‘हामी मतदाता उनीहरूको योजना मात्रै सुन्ने भइयो, विकास देख्न र उपभोग गर्न पाइने भएन, एउटै योजना गछौँ भनेको वर्षौं भयो तर अहिले पनि उही एजेण्डा सुनाएर भोट माग्छन् ।’

ढोरपाटन-२ का दीपक खत्रीले उम्मेदवारको एजेण्डामा गरिब, दुःखी र अपाङ्गता भएका व्यक्ति मुद्दा समावेश हुन नसकेको बताए । उनले वर्षौँदेखि स्वास्थ्य, शिक्षा, रोजगार र यातायातका विषयलाई प्रमुख एजेण्डा बनाए पनि अवस्था कति पनि फेरिन नसकेको बताए । निर्वाचित हुने उम्मेदवारले एजेण्डाअनुसार काम नगर्दा जनताले विश्वास गर्न छाडिसकेको उनको भनाइ छ ।

‘चुनावकाबेला निकै महत्वकाङ्क्षी योजना सुनाएर भोट माग्छन्, चुनाव जितेपछि कता हराउँछन्, मैले थाहा पाउने भएदेखि अहिलेसम्म जति पनि चुनाव भए नेताहरुको एजेण्डा स्वास्थ्य, शिक्षा, रोजगार नै भयो, तर काम गरेको भने केही देखिँदैन’, खत्रीले भने, ‘सडकको अवस्था हेर्नुस् कस्तो छ, शिक्षाको हालत उस्तै, रोजगारको त झन के कुरा गरौँ दिनदिनै युवा विदेश पलायन भइरहेका छन्, यहाँका कुनै पनि नेताले एउटा पनि युवालाई रोजगार दिएका छैनन्, बरु पासपोर्ट बनाइ दिएर विदेश पठाएका छन् ।’

उनले एजेण्डाअनुसारको काम भएको भए पश्चिम बागलुङमा न्यूनतम विकासका पूर्वाधार निर्माण भइसक्ने ब। एउटा सामान्य योजना पूरा गर्न वर्षौं लाग्ने र पटकपटक चुनावमा उही एजेण्डा लिएर आउने गरेको उनको भनाइ छ । खत्रीले भने, ‘एजेण्डा राम्रो लिएर के गर्ने काम गर्दैनन्, चुनावैपिच्छे एउटै एजेण्डा हुन्छ, एउटा योजना पूरा गर्न वर्षौं लगाउँछन्, चुनावका बेला आएर हामीहरूलाई अनेक आश्वासन दिन्छन्, काम गर्दैनन् ।’

स्थानीय पवित्राकुमारी विकले आफूहरू वर्षौँदेखि खानेपानीको समस्या भोगिरहेको भन्दै चुनावका बेला आश्वासन मात्रै दिने गरेको बताए। उनले हरेक चुनावका बेला घरघरमा पानी धारो निर्माण गरिदिने भन्दै घोषणापत्रमै लेखे पनि अहिलेसम्म काम भने गर्न नसकेको बताए ।

‘हामीहरु वर्षौंदेखि खानेपानीको अभावमा काकाकूल जस्तै बनेका छौँ, चुनावका बेला किताबमै एक घर एक धारा बनाउँछौँ भनेर लेखेका हुन्छन्, नेताले पनि हामी तपाईहरुका लागि काम गछौँ भन्छन् तर चुनाव सकिएपछि कहाँ लापत्ता हुन्छन्’, विकले भने, ‘अहिले पनि चुनाव आयो फेरि पनि त्यही कुरा गरेर भोट माग्छन् ।’

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १ : ३३ बजे

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित

काठमाडौं– ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित

काठमाडौं– प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित भएको

पूर्वअर्थमन्त्री पौडेलविरुद्ध ६ दिन म्याद थप

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध ६ दिन

राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

काठमाडौं- राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि

कर्णालीमा गाडी दुर्घटना : भिरमा अड्किएको शव निकाल्ने प्रयास, बेपत्ताको खोजी जारी

दैलेख- दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको फोर्स गाडी