‘चिसोमा मधुमेहका बिरामी सचेत हुनुपर्छ’ « Khabarhub

‘चिसोमा मधुमेहका बिरामी सचेत हुनुपर्छ’


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिसोयाममा मधुमेहका बिरामी थप सचेत हुनुपर्नेमा जोड दिइएको छ । विश्व मधुमेह दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले चिसोमा मधुमेहका बिरामीले आफ्नो स्वास्थ्यमा थप ध्यान दिनुपर्ने बताएका हुन् । 

वीर अस्पतालका इण्डोक्राइम विशेषज्ञ डा दीपक मल्लले भने, ‘मधुमेह भएकाहरू घाम उदाउनुअघि मर्निङ वाकमा जानु हुँदैन । खाली पेटमा हिँड्ने काम पनि उनीहरूका लागि घातक सावित हुन सक्छ । त्यसैले चिसोको समयमा मधुमेह भएकाले विशेष ध्यान पुर्‍याउनुपर्छ ।’ उनका अनुसार पछिल्लो समय खानपान र तनावका कारण विदेशबाट फर्किने व्यक्तिहरूमा बढी मधुमेह देखिएको छ । पछिल्लो समय युवा उमेर समूहमा मधुमेहको समस्या बढेको उनको भनाइ छ । 

‘देशभर मधुमेह शिक्षा, भोलिको सुरक्षा’ भन्ने नारासहित आज मधुमेह दिवस मनाइएको छ । नेपालमा मधुमेहका बिरामी कति छन् भन्ने यकिन तथ्यांक संकलन भएको छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार मधुमेहबाट झण्डै पाँच लाख मानिस प्रभावित छन् । सन् २०३० सम्म यो सङ्ख्या १५ लाख पुग्ने अनुमान गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईँले मधुमेहलाई सामान्य समस्या सोचेर हेलचेक्र्याइँ नगर्न आग्रह गरे । उनले सचेतपूर्वक मधुमेहको समस्यामा ध्यान दिए आयु लम्ब्याउन सकिने विश्वास व्यक्त गरे।

मधुमेहले आँखा, मिर्गौला, मुटु र खुट्टामा असर पार्छ । मधुमेहबाट पक्षघातको जोखिम पनि उत्तिकै हुन्छ । परिवारमा नजिकको सदस्यलाई मधुमेह भएमा, गर्भावस्थामा मधुमेह देखिएमा, आवश्यकताभन्दा बढी तौल, उच्च रक्तचाप र धेरै शारीरिक परिश्रम गर्न नपर्ने जीवनशैली भएका व्यक्तिमा मधुमेहको बढी जोखिम हुने चिकित्सक बताउँछन् । 

मधुमेहका मुख्य लक्षण बढी प्यास लाग्नु, पिसाब बढी हुन थाल्नु, राति पिसाब फेर्न उठ्नुपर्ने, दुब्लाउनु, कमजोर अनुभव हुनु, शरीर चिलाउने, बढी भोक लाग्ने, छालामा धाउ खटिरा आउने, आखाँ कमजोर हुने र यौनक्रम घट्ने हुन्छ ।  यद्यपि सबै लक्षण एकैपटक देखिँदैन । 

गर्भावस्थाको मधुमेह (गेस्टेसनल डायविटिज मेलिटस) को जोखिम पनि धेरै हुन्छ । मधुमेहका बिरामीले खुट्टामा चोट पटक र घाउ लाग्न नदिन सचेत हुनु चिकित्सकको सुझाव छ । मधुमेहको धेरै प्रकारमध्ये टाइप दुई डायबिटिज नेपालीमा धेरै देखिने गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ७ : ३२ बजे

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय

२४ घण्टामा देशभर विपदका २० घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने