अन्नपूर्ण पदमार्गमा ‘याक अट्याक’ २०२२ प्रतियोगिता सुरु « Khabarhub

अन्नपूर्ण पदमार्गमा ‘याक अट्याक’ २०२२ प्रतियोगिता सुरु


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

लमजुङ– विश्व चर्चित चक्रीय अन्नपूर्ण पदमार्गमा ‘याक अट्याक’ २०२२ प्रतियोगिता सुरु भएको छ । कोरोना सङ्क्रमणका कारण दुई वर्ष स्थगित यस प्रतियोगिता पुनः आजदेखि चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार रहेको लमजुङ जिल्लाको बेँसीसहरबाट १४औँ संस्कार याक अट्याक अर्थात् साइकल रेस प्रतियोगिता सुरु भएको हो ।

बेलायतस्थित माउन्टेन बाइकिङ वल्र्ड वाइडको आयोजना तथा नेपालस्थित माउन्ट टिभी नेपालको व्यवस्थापनमा ‘याक अट्याक’ साइकल रेस प्रतियोगिता  सुरु भएको हो । आज पदमार्गमा जानुअघि आइतबार दक्षिण एसियाकै नमूना घलेगाउँ पुगेर बेँसीसहर फर्किएर आज बिहानै मनाङको चामेसम्म पुगेको आयोजक नेपालको संयोजक अजय पण्डित क्षेत्रीले बताए। उनका अनुसार सात दिनसम्म यस प्रतियोगिता सञ्चालन हुनेछ । तेस्रो दिन चामेबाट मनाङसम्म पुग्नेछन् र चौथो दिन त्यहाँबाट थ्रोरङदफेदीमा पुग्ने छन् । प्रतियोगिताको पाचौँ दिन त्यहाँबाट कागबेनीसम्म पुग्ने र छैटौँ दिन त्यहाँबाट मुक्तिनाथ पुगेर पुनः कागबेनी आउने र प्रतियोगिताको अन्तिम दिन अर्थात् सातौँ दिन कागबेनीबाट कालापानी मुस्ताङमा पुगेर प्रतियोगिता टुङ्गिने र प्रतियोगिता समापन कार्यक्रम भने तातोपानीबाट पोखरा गएर गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको क्रममा उनीहरूले संसारकै सबैभन्दा अग्लो हिमाली भञ्ज्याङ थोराङला उचाइ पार गर्ने भएका छन् । यस प्रतियोगितामा नेपालका नौजना नेपालीसहित क्यानडा, अस्ट्रेलिया, ब्रिटिस, ब्राजिल, नेदरल्यान्ड, बेल्जिमलगायत देशका गरी २१ जना प्रतियोगितामन सहभागी भएको आयोजकले जनाएको छ । यस प्रतियोगितामा विश्वभरिबाट सहभागी हुने र नेपाल र पर्यटक क्षेत्र चिनाउन मद्दत पुग्ने र नेपाली साइकल खेलाडीलाई माथि उकास्दै यस्ता प्रतियोगितातर्फ आकर्षण गर्नलाई यस प्रतियोगिता आयोजना गरिएको संयोजक पण्डित क्षेत्रीले बताए । 

उनले भने, ‘प्रतियोगिता विजयीलाई पुरस्कार कति दिने भनेर फाइनल भइनसकेको र मनाङ पुगेपछि मात्र फाइनल गर्नेछौँ ।’यसअघि सन् २०१९ मा १३औँ संस्करणको यस प्रतियोगिता भएको थियो । यस प्रतियोगितामा यसअघि चार पटक प्रथम भएका क्यानडाका कोरी वाल्लेससमेत सहभागी भएको छ । 

 

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ७ : ५१ बजे

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि चएमने वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका