भारतद्वारा प्यालेस्टाइनी शरणार्थीका लागि २५ लाख डलर प्रदान « Khabarhub

भारतद्वारा प्यालेस्टाइनी शरणार्थीका लागि २५ लाख डलर प्रदान


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले प्यालेस्टाइनी शरणार्थीहरुका लागि २५ लाख अमेरिकी डलर प्रदान गरेको छ । रमाल्लाहस्थित भारतीय प्रतिनिधि कार्यालयले विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा प्यालेस्टाइनी शरणार्थीको राहत एवम् कार्यका लागि संयुक्त राष्ट्रसंघीय निकाय (अन्व्रा) लाई २५ लाख डलर प्रदान गरिएको जनाएको छ ।

शरणार्थीहरुको शिक्षा, स्वास्थ्य सेवा, राहत एवम् सामाजिक कार्यमा उक्त निकायले सहयोग रकम खर्च गर्ने जनाइएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार उक्त रकम अन्व्राका प्रतिनिधि शुरान वुलाई हस्तान्तरण गरिएको छ ।

पछिल्लो समय सिरिया, लेबनानजस्ता मुलुकमा रहेका प्यास्टाइनी शरणार्थीहरुको अवस्था दयनीय बन्दै गएको बताइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : २९ बजे

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित

कांग्रेसमा विरासतको पूर्णविराम : सन्तानले थेग्न सकेनन् पितृ भार

काठमाडौं – नेपाली कांग्रेसमा कयौं नेताहरु पारिवारिक विरासत (लिगेसी) का