मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम « Khabarhub

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

खोटाङ – आसन्न निर्वाचन सम्पन्न गराउनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएको छ । आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालयले मतदान गराउने जिम्मेवारी पाएका १९६ मतदान अधिकृत र १९६ सहायक मतदान अधिकृतलाई निर्वाचन सम्वन्धी तालिम दिएको हो । सहभागीमध्ये दुई अस्थायी मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृत छन् ।

निर्वाचन सामग्रीसहित मतदान केन्द्र पुग्ने, मतदान गराउने, खसेको मतपत्र सुरक्षितसाथ मूख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउने लगायतका दायित्वका विषयमा जानकारी दिन निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले बताए ।

आइतबार ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका विभिन्न मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सहभागी गराएर तालिम दिइएको थियो ।

सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सहभागी गराएर तालिम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई उनीहरुले गर्नु पर्ने काम, कर्तव्य, अधिकार र जिम्मेवारीका विषयमा जानकारी दिइएको छ ।

तालिम लिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायतका कर्मचारी निर्वाचन सामग्री सहित १ मंसिरसम्ममा मतदानस्थल पुगिसक्ने छन् । टाढा–टाढा खटिएका कर्मचारी मंगलबारदेखि खटिने कार्यालयले जनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कैंदीले मताधिकार प्रयोग गर्नेछन् ।

कर्मचारी र सुरक्षाकर्मीका लागि जिल्ला समन्वय समिति र कैंदीका लागि जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र खडा गरिने छ । कर्मचारी, सुरक्षाकर्मी र कैंदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र भोट हाल्न पाउने छन् ।

आसन्न निर्वाचनमा खोटाङका एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : ४५ बजे

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु