चुनावले नछोएको लहरेनी गाउँ « Khabarhub

चुनावले नछोएको लहरेनी गाउँ


२८ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

बेनी – म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार नजिकै पर्ने नगरपालिकाभित्रकै एउटा गाउँमा न त चुनावको रौनक छ, न उम्मेदवार भोट माग्न नै पुगेका छन् । बेनी नगरपालिका–३ मा पर्ने लहरेनी गाउँका २८ जना मतदातालाई चुनावको बारेमा केही पनि थाहा छैन । लहरेनी गाउँका टीकामाया विकलाई मङ्सिर ४ गते हुने निर्वाचनले छोएको छैन । अघिल्ला निर्वाचनमा पनि खासै चासो नदेखाउनु भएकी उहाँलाई यो निर्वाचन र उम्मेदवारप्रति कुनै आशा नै छैन । विकलाई मात्र हैन, लहरेनीे गाउँका अन्य मतदातालाई पनि उस्तै छ ।

दलितको बसोबास रहेको यो गाउँबेनी बजारबाट एक घण्टाको पैदलयात्रापछि पुग्न सकिन्छ । अघिल्ला निर्वाचनमा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार भोट माग्न आउँथे तर यो वर्ष यहाँका मतदातालाई निर्वाचनको वास्तै छैन । जङ्गलको बीचमा रहेको यो वस्ती दुर्गम छ । यहाँसम्म यातायातका साधन पुग्न नसक्ने भएकाले उम्मेदवार पैदलभोट माग्न नआएका स्थानीय डेकबहादुर विकले बताए ।

यहाँका मतदातालाई निर्वाचन र उम्मेदवारप्रति वितृष्णा हुनुको कारण एउटै छ, नेताले चुनावको बेला विभिन्न वाचा गर्ने तर जितेर गएपछि बेवास्ता गर्ने इतिहास । चुनाव जितेर गएपछि जनता सामु गरेका वाचा भुल्ने गरेको विकको गुनासो छ । गाउँमा बिजुलीको समस्या छ । पानी दुःख सुख पुगेकै छ । तर गाउँमा रोजगार, स्वास्थ्य, शिक्षाको अवस्था नाजुक छ । बेरोजगारीकै कारण गाउँका युवा कि गाउँबाहिर छन् कि देश बाहिर । जीविकोपार्जनसँग जोडिएका काम गरी गाउँमै रोजगारी सिर्जना तथा भएको सडकको स्तरोन्नति गर्न, स्वास्थ्य, शिक्षाको सहज पहुँच गराउन स्थानीयको माग छ ।

“स्थानीयस्तरमै रोजगारीको अवसर हुनुप¥यो, स्वास्थ्य, शिक्षाको पहुँच हुनुप¥यो”, स्थानीय शेरबहादुर विक भन्छन् । पूरा गर्नसक्ने वाचाहरू मात्र गर्न र दुःख, सुखमा साथ दिन स्थानीय कालिका विकको सुझाव छ । यो समस्या लहरेनीगाउँको मात्र हैन, म्याग्दीका अधिकांश ग्रामीण क्षेत्रको हो । राजनीतिक खिचातानी, धेरै आश्वासन देखाउने काम केही नगर्ने, भएको सामान्य काममा जस लिने होडले राजनीतिक दल र तिनका नेताप्रतिको वितृष्णा बढ्दो स्थानीयको बोलीमा सुन्न सकिन्छ ।

जसको असर अरु बेलाकम देखिए पनि चुनावमा प्रत्यक्ष रूपमा देखिन थालेको छ । आउँदो निर्वाचनका लागि उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । टोलटोलमा पुगेर भेला तथा घरदैलो गर्दै चुनावी भोट मागि रहेका छन् । तर गाउँ बस्तीमा भने चुनावको खासै रौनक देखिँदैन ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १० : ५३ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि