आज २०७९ साल मंसिर २८ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०७९ साल मंसिर २८ गते बुधबारको राशिफल


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल मंसिर २८ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष
तपाईले गर्नुभएको सत्कार्यबाट मानसम्मान मिल्नेछ। मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ। आजको दिन देवालयमा पुगेर गरिब र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ। आजको दिन तपाईको मन प्रवल हुनेछ।

वृष
आजको दिन त्यति अनुकुल छैन। मनमा चिन्ता, असन्तुष्टी रहन सक्छ। लामो यात्राका लागि अवसर आउने छ। धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु वेश हुनेछ। यात्रामा निस्कनु भन्दा पहिले तपाईका नजिकै रहेको कुनै पनि देवी देवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नुभयो भने यात्रा फलदायी हुनेछ।

मिथुन
मिथुन राशिका जातकाका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ। मित्र र आफन्तलाई दिनुभएको सहयोग राशी फिर्ता हुनसक्छ। परिवारका सदस्यबाट तपाईले गरेको कामको प्रशंसा हुनेछ। यात्राको अवसर आएका आजको दिन बिहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुपर्नेछ।

कर्कट
धन लाभको योग बनेको छ। नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा खुसी छाउने छ। नयाँ कार्ययोजना बनाउनुहोस् सफलता मिल्नेछ। दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ। सामाजिक मानसम्मान समेत मिल्नेछ।

सिंह
तपाईको मनमा प्रसन्नता छाउने छ। आजको दिन मौन रहनु नै वेश हुनेछ। एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नै वेश हुनेछ। आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु नै राम्रो हुनेछ। सकारात्मक सोच राखेर काम गर्नुहोला। चन्द्रमाको साथ रहेको छ। आजको दिन सूर्योदयको दर्शन गर्नुहोला।

कन्या
व्यापार व्यवसायको कामबाट लाभ हुनसक्छ। अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ। तपाईलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसीयाली छाउने छ। अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ। दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ। आजको दिन सूर्योदयको दर्शन गर्नुहोला।

तुला
आजको दिन सकेसम्म आजको दिन विवाद हुने काम नगर्नुहोला। विवाद गर्दा तपाईमाथि अनेक आरोप आउँछन् भने तपाईलाई हानी हुनसक्ने सम्भावना पनि रहन्छ। व्यापार व्यवसायबाट केही फाइदा हुने काम हुनेछ। मनमा चिन्ता र भय हुनसक्छ, आत्मबल बलियो बनाउनु पर्नेछ। देवालय र शिवालय यात्रा गर्नुहोला।

वृश्चिक
व्यापार व्यवसायबाट फाइदा हुनेछ। छोटो यात्राले मनमा खुसी छाउने छ। शत्रुले समेत कार्यप्रशसा गर्ने छन्। समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ। सकारात्मक सोच राख्नै अशक्तलाई भोजन र वस्त्र दान गर्नु निकै राम्रो हुनेछ।

धनु
तपाईलाई साथ सहयोग दिने कुनै मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ। मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने आशीर्वादले उर्जा थपिने छ। आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ।

मकर
आजको दिन आफ्नो आम्दानीबाट भोका, गरिबलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ। कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ। देवालय र शिवालयमा पुगेर दर्शन मात्र गर्नाले मनमा हर्ष छाउने छ। गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने तपाईलाई फाइदा पुग्नेछ।

कुम्भ
स्वास्थ्यमा ध्यान दिनुपर्ने छ। यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गरेर मात्र यात्रा गरे बेश हुनेछ। आजको दिन अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ। कुम्भ राशिका जातकका लागि आजको दिन अनुकुल देखिदैन। आर्थिक हानी हुनसक्नेछ।

मीन
सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ। आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले मनमा उत्साह थपिने छ। अध्ययन अध्यापनको क्षेत्रमा पनि सफलता मिल्नेछ। परिवारका जेष्ठ सदस्यलाई केही उपहार दिनु भयो भने आशीर्वाद प्राप्त हुनेछ। घर व्यबहारका लागि चाहिने सामान खरिद गर्न सक्नुहुनेछ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ६ : १७ बजे

ओली, देउवा र प्रचण्डबाट पार लाग्दैन

राजनीति भनेको संकट र समाधान दुवै हो । देशले संविधानसधभाबाट

‘राजनीतिक स्थिरता र आर्थिक समृद्धि ल्याउन कांग्रेस-एमाले मिलेका हुन्’

काठमाडौं- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम

चीनको युन्नान प्रान्तद्वारा ललितपुरलाई सामुदायिक बाथरुमसहितको परियोजना हस्तान्तरण

काठमाडौं– चीनको युन्नान प्रान्तले ललितपुर महानगरपालिकालाई जनकल्याणकारी परियोजना हस्तान्तरण गरेको

भारतीय सहयोगमा निर्मित गल्याङ नगर अस्पताल भवन उद्घाटन

काठमाडौं- ‘नेपाल-भारत विकास सहकार्य’बाट स्याङ्जाको गल्याङ नगरपालिकामा निर्मित गल्याङ नगर

माल्दिभ्स रोड रेसको उपाधि नेपालका सन्तोष र सन्तोषीले जिते

  माले- माल्दिभ्सको सबैभन्दा ठूलो दौड प्रतियोगिताको मुख्य उपाधि दुईजना