विद्युतीय चुल्होको प्रयोग बढाउन विज्ञको सुझाव  « Khabarhub

विद्युतीय चुल्होको प्रयोग बढाउन विज्ञको सुझाव 


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालीको जीवनस्तर सुधार्न स्वच्छ (विद्युतीय) ऊर्जाको प्रयोगलाई बढाउन प्रोत्साहान गर्नुपर्ने विज्ञले जोड दिएका छन्। एलपीजी ग्यासको बढ्दो आयातलाई घटाउन र स्वदेशमै उत्पादित विद्युतको खपत बढाउन विद्युतीय चुलो र भान्सामा प्रयोग हुने अन्य विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनीहरुको सुझाव छ।

नेपाल वातावरण पत्रकार समूह (नेवापस), प्रकृति रिसोर्सेस सेन्टर र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले आयोजना गरेको ‘स्वच्छ खाना पकाउने ऊर्जा’ विषयक अन्तर्क्रियामा सहभागीले स्वच्छ खाना पकाउने ऊर्जा प्रयोग बढाउन आवश्यक रहेको बताएका हुन्। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका नायव कार्यकारी निर्देशक नवराज ढकालले भने, ‘सन् २०३० भित्र खाना पकाउने आधारभूत स्रोतका रुपमा विद्युतीय चुलोमा जाने सरकारको लक्ष्य छ।’

सरकारी तथ्याङ्क अनुसार सन् २००९मा परम्परागत शैलीमा खाना पकाउने नेपालीहरु ८७.१ प्रतिशत रहेकोमा यो वर्षसम्ममा सो दर घटेर २२ प्रतिशतले घटेको छ। दाउरा, गुइठा लगायत परम्परागत इन्धनमा परनिर्भर हुने नेपालीहरु ६५ प्रतिशत हाराहारी छन्। सन् २००९मा वैकल्पिक उर्जाको प्रयोग शून्य दशमलव ७ प्रतिशत रहेकोमा सो दर बढेर हाल ३ प्रतिशत पुगेको केन्द्रका नायव कार्यकारी निर्देशक ढकालले जानकारी दिए।

विद्युतीय चुलो, राइसकुकर लगायतका उपकरण चलाउन अभ्यस्त नहुँदा धेरै नेपाली यस्तो अभ्याससँग घुलमिल हुन नसकेका उनको ठहर छ। ग्यास भन्दा विद्युतीय चुलोमा प्रयोग निकै सस्तो हुने विज्ञहरुको तर्क छ।

जनताका लागि ऊर्जा तथा वातावरण विकास संस्था (पीडा)का प्रमुख कार्यकारी अधिकृत बिराज गौतमले परम्परागत ऊर्जालाई विस्थापित गर्न आमसञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए। विद्युत् आपूर्ति सुनिश्चित हुँदा धेरै उपभोक्ताले आधुनिक भान्सातर्फ चासो राख्ने उनको धारणा छ।

आधुनिक चुलोको प्रयोगले समयको बचत र मानव स्वास्थ्य सुधार हुने ऊर्जा अभ्यासकर्ता मञ्जरी श्रेष्ठको अनुभव छ। घर, भान्सा र भाडावर्तन फोहोर ज्यादै न्यून हुने भएकाले विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्न सरोकारवालाबीच समन्वय आवश्यक रहेको श्रेष्ठले बताइन्।खाना पकाउने र भान्साको काम महिलाको मात्रै हो भन्ने बुझाइलाई परिवर्तन गर्न सके विद्युतीय चुलोको प्रयोग कर्ता धेरै बढाउन सकिने उनको ठहर छ।

सकारको सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा पुर्‍याउने, सन् २०२५ भित्र ५ लाख र सन् २०३० सम्ममा २५ प्रतिशत घरधुरीले विद्युतीय माध्यमबाट खाना पकाउन अपनाउने लगायतका विभिन्न लक्ष्य लिएको छ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ९ : ३९ बजे

इङ्ग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनल प्रतिस्पर्धा ‘उच्च जोखिम’को, खेल नहुँदै फकल्याण्ड द्वीपसम्बन्धी झण्डा प्रदर्शन

काठमाडौं– फिफा विश्वकपअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल खेललाई प्रतियोगिताकै

उपत्यकाका अस्तव्यस्त तार साउन दोस्रो साताभित्र व्यवस्थापन गरिसक्न निर्देशन

काठमाडौं– काठमाडौं उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा

स्पेनसँग हारेसँगै प्रशिक्षकमाथि खनिए एमबाप्पे, रणनीति बनाउन चुक्दा नतिजा उम्किएको गुनासो

काठमाडौं- फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित

कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी

एजेन्सी- कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणहरू आफ्नो

शक्तिशाली सरकारको बजेट र मौद्रिक नीतिले व्यवसायिक विश्वास फर्काउन सकेन

आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको यो बजेटले व्यावसायिक