सांसदको तलब सुविधा र विकास कोष बन्द गर्नुपर्ने मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र  | Khabarhub Khabarhub

सांसदको तलब सुविधा र विकास कोष बन्द गर्नुपर्ने मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र 


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय एकता अभियान, नेपालले सांसदलाई दिइदै आएको तलब सुविधा तथा विकास कोष यथाशीघ्र बन्द गर्न माग गरेको छ।

अध्यक्ष विनय यादवको नेतृत्वमा अभियानले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी उक्त मागसहीतकाे  ज्ञापनपत्र बुझाएकाे छ ।

‘अहिले चलिरहेको विश्वव्यापी मन्दीको प्रभावले नेपालमा परेको असरबारे सर्वविदित नै छ। व्यक्तिगत कर्जा र व्यवसायिक कर्जाको ब्याज तथा किस्ताहरु नउठेर सबै जसो बैंकहरूको खराब कर्जादर अप्रत्याशित रूपले बढेको छ। बैंकको ब्याज तिर्न नसकेर थुप्रै व्यापारीहरू डिप्रेसनको सिकार भएको छ भने कतिपय आत्महत्या गर्न बाध्य भएका छन । धेरैले व्यापार व्यवसाय बन्द गरी पलायन हुनुपरेको छ भने धेरैले कर्मचारी कटौती गर्नु परेको छ। कृषि उत्पादको उचित मूल्य र मल न पाएर कृषकहरूमा कृषि प्रति उदासीनता छाएको छ।

यस्तो अवस्थामा मुलुकको सार्वभौमसत्ता निहित रहेको सर्वोच्च निकाय संघीय संसद् नै भार थेग्न नसक्ने गरी मुलुकको ढुकुटी रित्याउने माध्यम बन्न जादा संसदमाथि जनताको आम भरोसा नै टुट्ने जोखिम पैदा भएको छ। तसर्थ, संसदमाथी जनताको भरोसा कायम राख्न एवं सांसदको गरिमा कायम राख्न संसदमाथी हुने व्ययभार कटौती गर्न अत्यावश्यक रहेको हाम्रो ठहर छ। यसका लागि हामी यहाँसमक्ष माननीय सांसद ज्यू र प्रदेश सभाका सभासद ज्यूहरुलाई दिइदै आइरहेको दैनिक भत्ताबाहेक सबै तलब सुविधा तथा विकास कोष यथाशीघ्र बन्द गर्नका लागी उपयुक्त कदम चाल्न  माग गर्दछौँ।’

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १ : २६ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको