‘मेयर दीर्घायु स्वास्थ्यपरीक्षण कार्यक्रम’ शुभारम्भ « Khabarhub

‘मेयर दीर्घायु स्वास्थ्यपरीक्षण कार्यक्रम’ शुभारम्भ


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको टोखा नगरपालिकामा ‘मेयर दीर्घायु स्वास्थ्यपरीक्षण कार्यक्रम’ शुभारम्भ गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले ६० वर्षभन्दा बढी उमेर समूहका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्यपरीक्षण गर्ने उद्देश्यसाथ आजदेखि सो कार्यक्रम सुरु गरेको हो । कार्यक्रमको शुभारम्भ गर्दै नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखावासी सम्पूर्ण ज्येष्ठ नागरिकले स्वास्थ्य भई बाँच्नका लागि ‘मेयर दीर्घायू स्वास्थ्यपरीक्षण कार्यक्रम’ सुरु गरिएको जानकारी दिए ।

‘विसं २०७४ मा हामी निर्वाचित भएर आएदेखि नै ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्यपरीक्षण सुरुवात गरेका थियौँ, उक्त कार्यक्रमलाई गत वर्षदेखि परिमार्जन एवं परिष्कृत गरेर ‘मेयर दीर्घायु स्वास्थ्यपरीक्षण कार्यक्रम’ सुरुवात गरेका हौँ’, नगरप्रमुख अधिकारीले भने । उनले नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले रेडक्रसबाट निःशुल्क रगत व्यवस्था, उपमेयरसँग बालबालिका कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयका बालबालिकालाई निःशुल्क स्वास्थ्यपरीक्षणको व्यवस्था मिलाइएको बताए ।

नगरपालिकाका उपप्रमुख मुरारी तामाङले टोखाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे। ‘कुनै रोगबाट टोखावासी वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ‘मेयर दीर्घायु स्वास्थ्यपरीक्षण कार्यक्रम’ सुरुवात गरेका हौँ’, उनले भने । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्करराज पाठकले स्वास्थ्यमा सबै टोखाबासी ज्येष्ठ नागरिकको सरल र सहज पहुँच पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरेको बताए । ‘उक्त कार्यक्रमले जनतासँग स्थानीय सरकार रहेको महसुससमेत गरेको छ’,उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत पाठकका अनुसार उक्त कार्यक्रमबाट नौ हजार टोखावासी ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । टोखाले उक्त कार्यक्रम सञ्चालन गर्न चालु आवमा रु ४० लाख बजेट विनियोजन गरेको छ । कार्यक्रममा टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले ‘मेयर दीर्घायु स्वास्थ्यपरीक्षण कार्यक्रममार्फत ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा गर्न पाउनु खुसीको कुरा भएको बताए ।

कूल ११ वडा रहेको टोखाले गत वर्ष एक हजार एक सय ५० ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्यपरीक्षण गरेको थियो । यो वर्ष टोखा चण्डेश्वरी प्रादेशिक अस्पताल र आधारभूत स्वास्थ्य केन्द्र महादेवटार हाइटबाट ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने सो नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ३ : ०३ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।