‘मेयर दीर्घायु स्वास्थ्यपरीक्षण कार्यक्रम’ शुभारम्भ | Khabarhub Khabarhub

‘मेयर दीर्घायु स्वास्थ्यपरीक्षण कार्यक्रम’ शुभारम्भ


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको टोखा नगरपालिकामा ‘मेयर दीर्घायु स्वास्थ्यपरीक्षण कार्यक्रम’ शुभारम्भ गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले ६० वर्षभन्दा बढी उमेर समूहका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्यपरीक्षण गर्ने उद्देश्यसाथ आजदेखि सो कार्यक्रम सुरु गरेको हो । कार्यक्रमको शुभारम्भ गर्दै नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखावासी सम्पूर्ण ज्येष्ठ नागरिकले स्वास्थ्य भई बाँच्नका लागि ‘मेयर दीर्घायू स्वास्थ्यपरीक्षण कार्यक्रम’ सुरु गरिएको जानकारी दिए ।

‘विसं २०७४ मा हामी निर्वाचित भएर आएदेखि नै ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्यपरीक्षण सुरुवात गरेका थियौँ, उक्त कार्यक्रमलाई गत वर्षदेखि परिमार्जन एवं परिष्कृत गरेर ‘मेयर दीर्घायु स्वास्थ्यपरीक्षण कार्यक्रम’ सुरुवात गरेका हौँ’, नगरप्रमुख अधिकारीले भने । उनले नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर नगरपालिकाले रेडक्रसबाट निःशुल्क रगत व्यवस्था, उपमेयरसँग बालबालिका कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयका बालबालिकालाई निःशुल्क स्वास्थ्यपरीक्षणको व्यवस्था मिलाइएको बताए ।

नगरपालिकाका उपप्रमुख मुरारी तामाङले टोखाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे। ‘कुनै रोगबाट टोखावासी वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ‘मेयर दीर्घायु स्वास्थ्यपरीक्षण कार्यक्रम’ सुरुवात गरेका हौँ’, उनले भने । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्करराज पाठकले स्वास्थ्यमा सबै टोखाबासी ज्येष्ठ नागरिकको सरल र सहज पहुँच पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरेको बताए । ‘उक्त कार्यक्रमले जनतासँग स्थानीय सरकार रहेको महसुससमेत गरेको छ’,उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत पाठकका अनुसार उक्त कार्यक्रमबाट नौ हजार टोखावासी ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । टोखाले उक्त कार्यक्रम सञ्चालन गर्न चालु आवमा रु ४० लाख बजेट विनियोजन गरेको छ । कार्यक्रममा टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले ‘मेयर दीर्घायु स्वास्थ्यपरीक्षण कार्यक्रममार्फत ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा गर्न पाउनु खुसीको कुरा भएको बताए ।

कूल ११ वडा रहेको टोखाले गत वर्ष एक हजार एक सय ५० ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्यपरीक्षण गरेको थियो । यो वर्ष टोखा चण्डेश्वरी प्रादेशिक अस्पताल र आधारभूत स्वास्थ्य केन्द्र महादेवटार हाइटबाट ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने सो नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ३ : ०३ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका