छिटै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु : प्रचण्ड | Khabarhub Khabarhub

छिटै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु : प्रचण्ड


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारको नेतृत्व आफूले गर्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका १ मा रहेको महेन्द्र आधारभुत विद्यालयको हीरक महोत्सवको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले घुमाउरोशैलीमा सरकारको नेतृत्व आफूले गर्ने बताएका हुन् । 

‘चुनावपछि पहिलोपटक म आफ्नै जन्मभूमिको कखरा पढेको विद्यालयमा सार्वजनिक कार्यक्रममा उपस्थित छु । तपाईंहरूको आशिर्वाद लाग्यो भने म छिटै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु,’ प्रचण्डले भने । 

आफू प्रधानमन्त्री भएमा भ्रष्टाचार नियन्त्रणमा  उल्लेख्य काम गर्ने र आर्थिक क्रान्तिको अभियान चलाउने बताउँदै प्रचण्डले भने, ‘भ्रष्टाचार नियन्त्रण देश विकासको निम्ति अनिवार्य सर्त छ । ४७ सालदेखि यताका राजनीतिक नेतृत्वमा रहेका विशिष्ट व्यक्तिहरू र सरकारमा रहेका व्यक्तिहरूको सम्पत्ति छानविन गरेर उनीहरूले भ्रष्टाचार गरेको देखियो भने कडा कारबाहीबाट अगाडि बढ्नुपर्दछ ।’

यसका लागि भएका श्रोत साधन व्यापक परिचालन गरेर काम गरेर देखाउने बताएका प्रचण्ड भन्छन्, ‘म प्रधानमन्त्री बन्दा केही अविष्मरणीय काम गरेर देखाउनेछु ।’ 

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ३ : १७ बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो