'सरकार र संसद बीच समन्वय आवश्यक' | Khabarhub Khabarhub

‘सरकार र संसद बीच समन्वय आवश्यक’


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकार र संसद् बीच समन्वय र सहकार्यबाट अगाडि बढ्नुपर्ने बताएका छन् । १६औँ संघीय संसद् दिवसका अवसरमा संघीय संसद् सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार र संसद् बीचमा समन्वय आवश्यक छ भने ।

‘सरकार र संसद् समन्वय र सहकार्यबाट अगाडि बढ्ने हो । एकले अर्काका कुराहरु बुझ्ने बुझाउनुपर्ने हुन्छ’, उनले भने, ‘भावी नेतृत्वसँग छलफल, सहकार्य गरेर संसद् सेवामा देखिएका समस्या सुधार गरेर अगाडि बढ्छौँ ।’ अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भर्खरै सम्पन्न भएको र आम जनताले राखेको आकाङ्क्षा पूरा गर्न सबै पक्ष दत्तचित्त भएर लाग्नुपर्ने बताए ।

‘संसद् अधिवेशनलाई छिटोछरितो र प्रभावकारी बनाउन तथा समितिलाई चुस्तदुरुस्त ढङ्गले चलाउनुपर्छ’, उनले भने, ‘कतिपय पुराना सांसद निर्वाचित भएका छन् । कतिपयमा नयाँ ऊर्जा छ तर सिक्नुपर्ने अवस्था पनि छ, संसद्लाई प्रभावकारी बनाउन संसद् सेवाका कर्मचारीको भूमिका महत्वपूर्ण छ ।’

संसद् सेवालाई प्रभावकारी बनाउन सबै पक्ष हरदम रुपमा लाग्नुपर्ने उनको भनाइ थियो । ‘संसद् सेवाको स्वायत्ततालाई कसरी अझ प्रभावकारी बनाउने, यसको प्रभाकारितालाई जनमुखी बनाउने यी विषय सम्बोधन गर्न हामी लाग्नेछौँ’, उनले भने ।

 संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले संसद् सेवालाई प्रभावकारी र जनमुखी बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिए। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले संसद् र समितिका कामकारबाहीलाई प्रभावकारी बनाउन सबैको क्रियाशीलता आवश्यक रहेको बताए। 

सो अवसरमा उत्कृष्ट सेवा गर्ने संसद् सचिवालयका कर्मचारीलाई पुरस्कृत गरिएको थियो । एक लाख राशिको ‘सर्वोत्कृष्ट संसद् सेवा पुरस्कार’ सचिवालयका उपसचिव सृजना बराल,  ७५ हजार राशिको ‘उत्कृष्ट संसद् सेवा पुरस्कार’ शाखा अधिकृत बाबुराम बस्याल तथा जनही ५० हजार राशिको ‘संसद् सेवा पुरस्कार’ माली चन्द्रबहादुर नगरकोटी र खरिदार चन्द्रप्रसाद ढुङ्गानालाई प्रदान गरिएको थियो । 

यस्तै कार्यक्षमता मूल्याङ्कनमा उत्कृष्ट हुने कार्यालय सहयोगी सीता जिसी र रमेशराज गिरी, हलुका सवारी चालक मोहनकृष्ण नेपाली, माली हरिप्रसाद अधिकारी र कुचिकार विजय नेपालीलाई जनही रु पाँच/पाँच हजारले पुरस्कृत गरिएको थियो । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले सचिवालयले प्रकाशन गरेको ‘संघीय संसद् सेवा’ स्मारिका विमोचन गरेका थिए । 

कार्यक्रममा २५ वर्ष अविछिन्न सेवा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो । सो अवसरमा दिवसका अवसर पारेर आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । संसद् सेवा दिवसका अवसर पारेर रक्तदान, हाजिरीजवाफ, चेस, फुटबल र कविता प्रतियोगिता गरिएको थियो । 

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ४ : ११ बजे

राजविराजको मुख्य बजारमा सीसी क्यामरा जडान

सप्तरी– उज्यालो र व्यवस्थित सहर निर्माण गर्न राजविराजको मुख्य बजार

सुरक्षा निकायसँग सम्बन्धित कानुन संशोधन आवश्यक : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानुनलाई समयक्रमसँगै संशोधन

सिमलताल दुर्घटना : बेपत्ताको खोजीका लागि भारतबाट उपकरणसहित १० जनाको टोली आउँदै

काठमाडौँ– चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालस्थित त्रिशूली नदीमा

संसारका शरणार्थीको सकस : न गरी खानु, न मरी जानु

यदि तपाईंलाई कसैले अपराधी, परजीवी, सुँगुर, राहु, शोषक अनि यस्तै

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । आर्थिक