कोरोनाविरुद्धको ५० लाख मात्रा खोप मौज्दात « Khabarhub

कोरोनाविरुद्धको ५० लाख मात्रा खोप मौज्दात


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात रहेको छ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख  डा सुरेन्द्र चौरसियाका अनुसार हाल ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात छ । उनले अहिले सङ्क्रमण घटिरहेकोले माग नहुँदा  खोपको मौज्दात रहेको जानकारी दिए । सबैभन्दा बढी भेरोसेल खोप मौज्दात  छ । भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात  छ भने फाइजर ६० हजार सात सय ५६, र फाइजर लगाउने चार लाख ९४ हजार सात सय १० मात्रा मौज्दात छ । सबैभन्दा बढी केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल मौज्दात छ । 

 प्रदेश नं १ मा पाँच हजार तीन सय ७३, मधेश प्रदेशमा ४७ हजार आठ सय ९०, बाग्मती प्रदेशमामा पाँच लाख ५४ हजार नौ सय ६९, हेटौँडामा एक लाख ३५ हजार तीन सय ९८ मात्रा खोप मौज्दात छ । गण्डकी प्रदेशमा सात हजार छ सय ९६, लुम्बिनी प्रदेशमा एक लाख ११ हजार छ, कर्णाली प्रदेशमा ५० हजार पाँच सय ४६ र सुदूरपश्चिम प्रदेशमा आठ हजार सात सय ५४ मात्रा खोप मौज्दात छ । शाखा प्रमुख  डा चौरसियाले माग भएमा प्रदेश र जिल्लामा खोप आपूर्ति गरिने जानकारी दिए। 

अहिले दैनिक दशभन्दा कम व्यक्तिमा सङ्क्रमण देखिएको छ । नेपालमा अहिलेसम्म छ करोड ३२ लाख ७६ हजार सात सय १० मात्रा खोप भइसकेकामा  कूल लक्षित जनसङ्ख्यामध्ये ९९ दशमलव पाँच प्रतिशतमा पहिलो मात्रा र ९५ दशमलव सात प्रतिशतमा पूर्ण मात्रा खोप लगाइसकेको छ । यस्तै कूल जनसङ्ख्याको ७९ दशमलव पाँच प्रतिशतले  पहिलो मात्रा र ७६ दशमलव पाँच प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । 

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ४ : ४६ बजे

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख