निर्वाचन सम्पन्न गराएकामा सरकारलाई आयोगद्वारा धन्यवाद ज्ञापन  « Khabarhub

निर्वाचन सम्पन्न गराएकामा सरकारलाई आयोगद्वारा धन्यवाद ज्ञापन 


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने ऐतिहासिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकामा तीनै तहका सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । 

आयोगले आज विज्ञप्ति जारी गरी निर्वाचन सम्पन्न गराउने ऐतिहासिक कार्यमा संलग्न भई महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवारलगायतलाई धन्यवाद दिएको हो ।

आयोगले निर्वाचनमा भाग लिई मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदाताप्रति आभार प्रकट गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सूचना, सञ्चार र समाचारमार्फत निरन्तर सकारात्मक खबरदारी गर्ने, मतदातालाई सुसूचित गरी निर्वाचनको कार्यमा सरिक हुन प्रेरित गर्ने तथा निर्वाचनका गतिविधिहरूको निरन्तर रिपोर्टिङ गर्ने आमसञ्चारमाध्यम एवं सञ्चारकर्मीप्रति आयोगले विशेष धन्यवाद ज्ञापन गरेको छ । 

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ६ : ३८ बजे

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख