प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा आएको बाढी पहिरोमा परी एक सय जनाको मृत्यु « Khabarhub

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा आएको बाढी पहिरोमा परी एक सय जनाको मृत्यु


२८ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारी वर्षाका कारण प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा आएको बाढी पहिरोमा परी कम्तीमा एक सय जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । प्रधानमन्त्री जीन मिसेल सामा लुकोन्डेले खोज तथा उद्धारमा खटिएका अधिकारीहरू अझै क्रियाशील रहेका बताएका छन् ।

प्रधानमन्त्री लुकोन्डेले बाढीपहिरामा परी हराएकाको खोजी भइरहेको, त्यसबाट भएको क्षतिको आँकलन पनि भइरहेको सरकारी टेलिभिजनलाई बताए । झण्डै १२ लाख जनसङ्ख्या रहेको राजधानी किन्सासाका २४ वटा क्षेत्र बाढीपहिराबाट अधिक प्रभावित भएका छन् । त्यहाँ घरहरू डुबेका छन् भने सडक भत्किएका छन् ।

गालिमिया क्षेत्रमा ३६ जना भन्दा बढीको मृत्यु भएको तथा शवको गणना भइरहेको, सहरको अर्को भागमा एकै परिवारका पाँच जनाको मृत्यु भएको तथा केहीको करेन्ट लागेर मृत्यु भएको नगरप्रमुख अलिद शिबान्डाले बताएका छन् ।

गत सोमबारदेखि परेको अविरल वर्षाले महाविपत्ति निम्त्याएको नगरप्रमुख शिवान्डाले बताए । अधिकांश क्षति अनुमतिबिना बनाइएका घरमा भएको छ । सन् २०१९ मा पनि बाढीपहिरामा परी ३२ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ७ : ०० बजे

खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया

तेहरान- संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर