भरतपुर अस्पतालले भन्यो : कोभिड संक्रमणको उच्च प्रकोप, सामान्य प्रकृतिका विरामी नआउनू « Khabarhub

भरतपुर अस्पतालले भन्यो : कोभिड संक्रमणको उच्च प्रकोप, सामान्य प्रकृतिका विरामी नआउनू


१ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनस्थित सरकारी अस्पताल भरतपुर अस्पतालले कोभिड–१९ संक्रमणको उच्च प्रकोप देखिएको बताएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी अस्पतालमा एकअर्कामा संक्रमण फैलन सक्ने सम्भावना बढेकाले सामान्य प्रकृतिका विरामी केहीपछि आउन उपयुक्त हुने बताएका छन् ।

अस्पतालमा २९ पुसमा १७२ जनाले कोभिड परीक्षण गराएकोमा ९५ जनामा संक्रमण देखिएको थियो । ३० गते १८६ जनाले कोभिड परीक्षण गराएकोमा ११५ जना मा कोभिड पुष्टि भएको पौडेलले बताए ।

‘यो कोभिड–१९ संक्रमणको उच्च प्रकोप हो । काठमाडौँको त्रिवि टिचिङ र विर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरु पनि उच्च संख्यामा संक्रमित भएको तथ्यांकले समेत अस्पतालमा एकअर्काबाट संक्रमण फैलिन सक्ने सम्भावना बढ्दै गएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

सामान्य र पछि चेकजाँच गराउँदा पनि हुने प्रकृतिका विरामीले अस्पताल आउने समय पछि सार्नु उपयुक्त हुने अस्पतालले बताएको छ ।

तत्कालै अस्पताल पुग्नुपर्ने विरामी र विरामी कुरुवाले पनि हेलचेक्र्याई नगरी जनस्वास्थ्यका मापदण्ड पालना गर्न अस्पतालले आग्रह गरेको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ३ : १८ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि